न्याय सम्पादनका हरेक गतिविधि पारदर्शी हुनुपर्छ – वरिष्ठतम न्यायाधिश उपाध्याय

dexरारा संवाददाता
सुर्खेत, ६ जेठ ।
सुर्खेतको वीरेन्द्रनगरमा मध्य तथा सुदुरपश्चिमका पुनरावेदन र जिल्ला अदालतका न्यायाधिशहरुको सुशासन सम्वन्धी तीन दिने कार्यशाला सुरु भएको छ ।
न्यायपरिषद् सचिवालयले आयोजना गरेको कार्यशालाको उदघाटन गदै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधिश वैद्यनाथ उपाध्यायले न्याय सम्पादनका हरेक गतिविधि पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।‘अदालत र जनताबीच दुरी टाढा हुन नहुने उल्लेख गदै उहाँले न्यायधिश र न्यायलयको हरेक गतिविधि मुद्दाका पक्षले मात्र नभई जनताले समेत थाहा पाउनु पर्ने वताउनु भयो ।
उहाँले न्यायधिश र न्यायलयको हरेक गतिविधि पारदर्शी र जनमुखी वनाउनको लागि न्यायिक सुशासनको अवधारणा आएको समेत उल्लेख गर्नुभयो । कार्याशालामा न्यायाधिश आचारसंहिता, न्यायिक सुशासन अभिवृद्धिमा परिषद्को भूमिका, न्यायिक पारदर्शीता लगायतका वारेमा छलफल हुने न्याय परिषद्का सहसचिव देवेन्द्रराज ढकालले बताउनु भयो । कार्याशालामा मध्यपश्चिमका सुर्खेत, दाङ, बाँके, जुम्ला तथा सुदुरपश्चिमका दिपायल र महेन्द्रनगर पुनरावेदनका मुख्य न्यायाधिस तथा जिल्ला अदालतका न्यायाधिशहरु सहभागीता रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया