बैदेशिक रोजगारीमा कार्यरत युवा समाजसेवी विनोद रावलले आर्थिक अभावले गर्दा उपचारमा समस्या भएका दुई जना विरामीलाई आर्थिक सहयोग गरेका छन् ।
राष्ट्रिपति महिला उथान कार्यक्रमको सहयोगमा हेलिकप्टेरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत ल्याइएकी नलगाड नगरपालिका ५, पोखराकी पार्वती ओली र ४ बाउसेखोलाका दमका विरामी सम्पत ओलीलाई १० हजार रुपैया सहयोग गरेका छन् ।
अहिले मलेसियामा रहेका युवा रावलले दुई जनालाई ५/५ हजार रुपैया सहयोग गरेका हुन ।
उनले बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार प्रकाश पन्तमार्फत उक्त रकम विरामीलाई हस्तान्तरण गरेको बताए ।
उनले भने, आर्थिक अभावले गर्दा घर फर्किने बाटो खर्च र उपचार गर्ने पैसासमेत नभएको थाहाँ पाएपछि सहयोग गरेको हुँ ।
सानैदेखि समाजसेवामा सक्रिय युवा रावलले यसअघि पनि एम्वुलेन्स किन्नेलगायतका विभिन्न सामाजिक कार्यमा सक्दो सहयोग गदै आएका छन् ।
१० हजार मध्ये ८ हजार ५ सय आफुले र आफ्ना साथीहरु कार्बेका विवेक मगरले एक हजार र महोत्तरीका दिपेन्द्र यादवले ५ सय रुपैया सहयोग गरेको पनि बिनोदले बताए ।
यस्तै अर्को युवा समाजसेवी मिलन विसीले पनि उनीहरुलाई ३५ सय रुपैया सहयोग गरेका छन् । उनले अस्पतालमै पुगेर पार्वतीलाई २ हजार ५ सय र सम्पतलाई एक हजार रुपैया सहयोग गरेका हुन ।
समाज सेवामा निकै सक्रिय विसीले थुप्रै सामाजिक सेवामा आर्थिक लगायतको सेवा गदै आएका छन् । आर्थिक सहयोग बुझ्दै पार्वतीका श्रीमान महाबीर ओलीले संकट परेको वेला साथ दिएको दुवै जनालाई धन्यवाद दिएका छन् ।
उनले घरफर्किने बाटो खर्चको लागि वडाध्यक्ष केशवप्रसाद शर्मा, मेयर, सासदसँग पटक पटक आग्रह गरेपनि सहयोग नगरेको गुनासो समेत गरे ।
उनले भने, घर फर्किनको लागि आर्थिक सहयोगको त कुरै छाडौ सहयोगको आश्वासन देखिएर अन्तिम समयमा उहाँहरुले फोन समेत उठाउनु भएन् । त्यसैले धेरै दुख लागेको छ ।
बारीमा घाँस काट्ने क्रममा चिप्लिएर लड्दा सालबाट बच्चा अलग हुँदा उच्च रक्तश्राप हुँदा ज्यान जोखिममा परेको थियो । लडेपछि पेटमै बच्चाको मृत्यु भएको थियो ।
दल्लीबाट पार्वतीलाई यही साउन ७ गते उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत ल्याएर उपचार गरिएको थियो ।
उनी सोमवार घर फर्किएकी छन् ।
राराखबर । २०७७, १३ श्रावण मंगलवार