दीपेन्द्र शर्मा
जाजरकोट
हिउँमा परेर हिडडुल गर्न नसक्ने अवस्था रहेका सेतुका छोरा शसे कामीलाई आइएनएफ सुर्खेतले निशुल्क ह्वील चेयर प्रदान गरेको छ ।
पत्रकार प्रकाश पन्तको पहलमा आइएनएफले ४५ हजार रुपैया पर्ने ह्वील चेयर शसेलाई प्रदान गरेको हो ।
ह्वील चेयर पाएपछि खुशी भएका शसेले आफुले नयाँ जीवन पाएको अनुभूति भएको बताए ।
मैले धेरैलाई आफ्नो समस्या सुनाए, सवैलाई मेरो समस्या थाहाँ थियो तर कसैले पनि सहयोग र साथ दिन सकेका थिएन्, उनले भने, तर मलाई ह्वील चेयर र आमालाई सुर्खेत लिएर निशुल्क उपचारको व्यवस्था मिलाएर पन्तले ठुलो गुण लगाएका छन् ।
आइएनएफ सुर्खेतका कर्मचारी उदय हमालले शसेको घरमै पुगेर उनलाई ह्वील चेयर हस्तान्तरण गरेका थिए ।
ह्वील चेयर हस्तान्तरण गदै हमालले आइएनएफ सुर्खेतले विभिन्न कारणले ढाड भाँचिएर हिडडुल गर्न नसक्ने व्यक्तिलाई निशुल्क रुपमा ह्वील चेयर सहयोग गदै आएको बताए ।
आइएनएफ सुर्खेतका प्रमुख उदय योगीले आइएनएफ सुर्खेतले खासगरी कुष्टरोगको क्षेत्रमा विगत लामो समयदेखि काम गदै आएको बताए ।
राराखबर । २०७८, २८ चैत्र सोमबार