प्रदेश अस्पताल

प्रदेश अस्पताललाई थप सुविधा सम्पन्न बनाउन सहयोग गर्छु -स्वास्थ्यमन्त्री बस्नेत

नेपालकै शानको रुपमा रहेको प्रदेश अस्पतालाई थप सुविधा सम्पन्न बनाउन सक्दो सहयोग गर्छ

सुर्खेत, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रदेश अस्पताललाई थप सुविधा सम्पन्न बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेश अस्पताल निरक्षण गदै उनले भने, नेपालकै शानको रुपमा रहेको प्रदेश अस्पतालाई थप सुविधा सम्पन्न बनाउन सक्दो सहयोग गर्छ ।
उनले प्रदेश अस्पताल अस्पतालमै आएर उपचार गर्न समेत कर्णालीका भीआइपी र भीमीआइपी व्यक्तिहरुलाई आग्रह समेत गरेका छन् । यसपालीको बजेटमा स्वास्थ्य क्षेत्रको २० प्रतिशत बजेट कटौती भएको उल्लेख गदै उनले अस्पतालले चाहेजस्तो बजेट दिन नसकेपनि अस्पताललाई निराश हुन भने नदिने प्रतिवद्धता दोहोर्याए ।

आफु स्वास्थ्य मन्त्री भएदेखि नै देशका सबै अस्पतालहरुमा गरिव तथा विपन्न नागरिकको लागि १० प्रतिशत बेड निशुल्क छुट्याउने निर्णयलाई कडाइको साथ कार्यान्वयमा ल्याइएको पनि बताए ।
मन्त्री बस्नेतले सिमित स्रोतसाधन र जनशक्तिका बावजुद पनि अस्पतालले उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएको भन्दै अस्पताल नेतृत्वमा उच्च प्रशंसा समेत गरेका छन् ।
कार्यक्रममा प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्वर खड्काले विभिन्न अभाव र कठिनाइका वीचबाट पनि अस्पतालले कर्णालीका जनतालाई स्तरीय सेवा दिने कोसिस गरिरहेको बताए ।


उनले भने आवश्यक जनशक्ति र साधन स्रोतको उचित व्यवस्था गर्न समेत संघिय सरकारको ध्यानाकर्षण गरेका छन् ।
निर्देशक खड्काले भने, अहिले अस्पतालमा डाक्टरहरु आफ्नो चाहानाले आउनु भएको छ, अव संघिय सरकारले विशेषज्ञ डाक्टरलाई अनिवार्य खटाउने व्यवस्था मिलाउनु पर्छ ।


केही बर्षअघि सम्म धेरै विरामी बाहिर रिर्फर गदै आएको अस्पतालले अहिले १ प्रतिशत पनि विरामी बाहिर रेफर नगरेको पनि उल्लेख गरे ।
अस्पताललाई देशकै उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अहम भूमिका रहेको निर्देशक खड्काले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया