कर्णाली एक्सपो सुरु

सुर्खेत ।

सुर्खेतको बीरेन्द्रनगरमा कर्णााली एक्सपो सुरु भएको छ ।  एक्सपो उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले कर्णालीको विकासको लागि सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

उनले चुनावका बेला राजनीतिक दलहरुबीच प्रतिष्पर्धा हुनु स्वाभाविकै भएको बताउँदै विकास निर्माणका सन्दर्भमा मतभेद हुन नहुने बताए।

प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले सत्ता र शक्तिको भरमा मुलुक चलाउन नपाइने धारणा व्यक्त गरेका थिए ।

मुख्यमन्त्री राजकुमार शर्माले समृद्ध कर्णालीको सपना पूरा गर्ने प्रक्रियामा आफूहरु लागिरहेको बताए ।

नेकपा एमालेका नेता यामलाल कँडेलले निजी क्षेत्रहरू उत्पादनमा अग्रसर हुनुपर्नेमा जाेड दिदै  सेवामुखी व्यवसाय भन्दापनि उत्पादन गर्नु पर्ने बताए ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मण कंडेलले कर्णाली एक्सपोले कर्णालीको व्यापार तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसार संगै यहाँका संस्कृती, जडिबुटी र सम्भावनाको उजागरमा टेवा पुग्ने धारण राखे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया