कर्णाली केयर अस्पतालमा अपाङ्गता भएका बालबालिकाको निशुल्क उपचार तथा शल्यक्रिया


सुर्खेत
कर्णाली केयर अस्पताल सुर्खेतले १८ वर्ष मुनिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको उपचार तथा शल्यक्रिया सेवा निशुल्क दिने भएको छ ।
अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाले दिदै आएको उक्त सेवा अब कर्णाली केयर अस्पतालले दिने भएको हो ।
कर्णाली केयर अस्पताल र पुर्नस्थापना केन्द्र बनेपाबीच कर्णाली प्रदेशका बालबालिकाको लागि अपाङ्गता पुर्नस्थपना सेवा कर्णाली केयर अस्पतालबाट दिदै गरी सम्झैता भएको छ ।


देशका सातै प्रदेशमा शारीरिक अपाङ्गताको पहिचान, उपचार, शल्यक्रिया, पुनर्स्थापना, परामर्श तथा सहायक सामग्रीहरू उपलब्ध गराउँदै आएको एचआरडिसीले अब कर्णाली प्रदेशमा पनि सेवा विस्तार गर्दै कर्णाली केयर अस्पतालसँग सहकार्य गरेको जनाएको छ ।
यस सम्झौतासँगै कर्णाली प्रदेशका १८ वर्ष मुनिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको उपचार तथा शल्यक्रिया हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर रुपक कँडेल नेतृत्वमा कर्णाली केयर अस्पतालमा हुनेछ ।
आइतवार दुई जना नानीबाबुको सफल शल्यक्रिया गरेर उक्त संझौता कार्यान्वयनमा ल्याइएको कर्णाली केयर अस्पतालका निर्देशक दिपक गौतमले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया