सुर्खेत, २३ जेठ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले लेखेको यो पत्र अहिले सामाजिक संजालमा भाईरल वनेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विश्वविद्यालयमा थालेको आन्दोलन स्थागित गर्न आग्रह गदै लेखिएको पत्रमा विश्वविद्यालयका उपकुलपति प्रध्यापक डा.उपेन्द्र कोइरालले रजिष्ट्रारको रुपमा हस्ताक्षर गर्नु भएको छ । उपकुलपति जस्तो व्यक्तिले पत्रमा के लेखिएको भन्ने कुराको हेक्का नै नराखी हचुवाको भरमा हस्ताक्षर गरेको भन्दै सामाजिक संजालमा तिव्र आलोचना भैइरहेको छ ।
रजिष्ट्रारको ठाउँमा उपकुलपतिको हस्ताक्षर हुनुलाई विश्वविद्यालयको चरम लापरवाही र उपकुलतिको गैरजिम्मेवारीपन भएको वताएको छ । विश्वविद्यालयको पत्र सार्वजनिक भएपछि फेसबुकमा महेश जिसीले व्याङ्ग्य गदै लेख्नु भएको छ उपकुलपति नयाँ रजिष्ट्रारमा नियूक्त हुनु भएकोमा बधाई तथा शुभकामना । यस्तै कृष्ण जिसी जितेन्द्रले यसलाई अपरिपक्कता र हतास मानसिकताको उपज भनि टिप्पणी गर्नु भएको छ । विश्वविदालयका पदाधिकारीको यस्तो क्रियाकलापले विश्वविद्यालयको गरिमालाई होच्याउने काम गरेको छ । त्यसैले यसवाट विश्वविद्यालयका पदाधिकारीले शिक्षा लिदै आगामी दिनमा यस्ता गल्तीहरु दोहोरयाउनु हुदैन ।
राराखबर । २०७३, २३ जेष्ठ आईतवार