कालिकोटमा फाेर्स गाडी दुर्घटना

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफामा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

जुम्लाको सिँजादेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको फोर्स गाडी शनिवार दिउँसो साढे २ बजेको समयमा कालिकोटको तिलागुफा–५ खल्लागाडमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था सामान्य रहेकाे छ । १४ सवार गाडी अनियण्त्रीत भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा जुम्लाको सिंजा–३ का ५२ वर्षीय धनमाने सार्की, वर्ष ६० का मनजिते सार्की, वर्ष ६५ का जर्म सुनार, वर्ष ६४ का जोरे सार्की, वर्ष ५७ को परिदत्त शर्मा, वर्ष ६४ की मनकन्या चौला र जुम्ला कनकासुन्दरी ६ बस्ने वर्ष ३९ का कर्ण भण्डारी, कालीकोटको तिलागुफाका वर्ष २९ का तिलप्रसाद न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द चौधरीले जानकारी दिए ।

घाइतेहरुको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया