कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह : आकस्मिक स्थगित

सुर्खेत। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको दिक्षान्त समारोह स्थगित भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउने कार्यक्रम स्थगित भएपछि दिक्षान्त समारोह स्थगित भएको हो ।

स्थापनाको १३ वर्षपछि प्रथम पटक आयोजना गरिएको समारोह प्रतिष्ठानले स्थगित गर्दै कार्तिक २८ गते सरेको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए ।

प्रतिष्ठानले जारी गरेको सुचनामा भनिएको छ, २०८१ भाद्र २३ का लागि आयोजना गरिएको दिक्षान्त समारोहसभा तथा शैक्षिक भवन उद्घाटन कार्यक्रम विशेष प्राविधिकि कारणवश स्थगित गरिएको छ ।

कार्यक्रम स्थगित वारे जारी गरिएको सूचना अनुसार २०८१ कार्तिक २८ गते सो कार्यक्रम गरिने व्यहोरा जानकारी गरिन्छ । यसका साथै निर्धारित कार्यक्रम आखाँ उपचार केन्द्रको उद्घाटन तथा विश्व स्वास्थ्य संगठनबाट प्राप्त ईमिआर सिष्टम हस्तान्तरण कार्यक्रम भने हुने भएको छ ।

दिक्षान्त समारोह भने आकस्मिक स्थगित भएकाले फजुल खर्च भएको छ । जिल्ला जिल्लाबाट कर्णाली प्रतिष्ठानबाट प्राविधिक शिक्षा हासिल गरेका उच्च तहका विद्यार्थी, अभिभावक आएका पाहुनाहरु निराश भएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया