मनाइयो विश्वकर्मा पूजा

फाइल फाेटाे

सुर्खेत । आश्विन संक्रान्तिका दिन आज विश्वकर्मा पूजा आरधना गरी वास्तु तथा विश्वकर्मा पूजा गरिएको छ ।

आज आआफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, ओजारलगायतको पूजा गरी विश्वकर्मा पूजा गर्ने चलन रहेकाे छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो पूजा गरिन्छ ।

बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति नदी मुहानस्थल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रमन्थनमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया