सुर्खेत । नेकपा–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा अहिले कुनै रुचि नभएको बताएका छन् ।
बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको चर्चा गरे ।
समितिमा गएका विधेयकहरु छलफलको माध्यमबाट अगाडि बढाउनुको साटो ओलीले फिर्ता गरेर अध्यादेशको बाटो रोजेको उनको भनाइ छ । उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को उद्घाटनका लागि सुर्खेत आइपुगेका प्रचण्डले सरकार प्रति आफूले पहिला नै अनुमान गरेको कुरा नै लागू भएको बताए ।
उनले भने, ‘अध्यादेशमै बढी जोड गरेपछि हामीले विपक्षहरूको तर्फबाट अभिलम्ब चाहिँ सदन बोलाइएन भने हामीले विशेष अधिवेशन बोलाउने भनेपछि मात्रै सरकारले १८ गते अधिवेशन राख्ने भएको छ । नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन ।’
‘जुन ढंगले सरकारको जन्म भयो त्यो लामो आयुको छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन । आफूले अनुमान गरेको कुरा नै लागू भएको छ । यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिए । प्रधानमन्त्रीको पार्टीमा नै उकुसमुकुस भइरहेको छ ।’
सन्तोष भण्डारी । २०८१, १० माघ बिहीबार