कर्णालीमा अगाडि बढ्यो दलित समुदायको सशक्तिकरण विधेयक

सुर्खेत । कर्णाली प्रदेशसभामा चर्चाको विषय बनेको ‘दलित समुदायको सशक्तिकरण तथा जीवनस्तर प्रवद्र्धनका लागि व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि छलफल शुरू भएको छ ।

सोमवार सामाजिक विकास समितिको बैठक बसी समितिमा विचाराधिन रहेको “दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रबद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक“ माथि छलफल शुरू गरिएको समितिका सभापति पूर्ण बहादुर खत्रीले बताए । आजको बैठकमा विधेयकका कतिपय प्रवाधान संशोधनका लागि हालिएका संशोधन प्रस्तावहरुमा छलफल भएको छ ।

उक्त विधेयकमा पन्ध्र जना प्रदेश सभाका सदस्यहरुले संशोधन हालेको जनाइएको छ । अबको चरणमा विधेयकलाई अझै प्रभावकारी बनाउँन दलित अधिकारकर्मी तथा दलित समुदायका अगुवाहरूसँग छलफल गर्ने निर्णय गरिएको सभापति खत्रीले बताए ।

“दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रबद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक“ छिटो पारित गर्नु पर्ने अन्यथा पुन आन्दोलन गर्ने चेतावनी दलित अगुवाहरूले दिदैँ आएका छन।




फेसबुकबाट तपाईको प्रतिक्रिया