सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषदलाई आग्रह गरेका छन ।
दशौँ राष्टिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको आज काठमाण्डौँमा सम्पन्न बैठकमा मुख्यमन्त्री कडेलले पटक पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्यौल बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न खेलकुद परिषदलाई आग्रह गरेका हुन ।
राष्टिय खेलकुद परिषदले दशौँ राष्टिय खेलकुद प्रतियोगिता जेठ २ देखी १० सम्मको मिति तय गरेको छ । पटक पटक मिति सरे पछि आजको बैठकमा मुख्यमन्त्री कडेलले जेठ भन्दा पर जान नसकिने धारणा राखेका हुन । मुख्यमन्त्री कडेलले भने, अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन तर त्यो भन्दा पर जान सक्ने स्थिति छैन। ख अविश्वासिलो बन्ने परिस्थिती म देख्छु ।
प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रंगशाला लगायतका कामहरुलाई पहिलेदेखि नै तीब्र गतिमा अगाडी बढाइरहेको बताउँदै मुख्यमन्त्री कडेलले प्रतियोगिता सफल पार्न प्रदेश सरकारले आफनो जिम्मेवारी पुरा गर्ने बताए ।
उनले भने, यो प्रतियोगितको मुख्य आयोजक संघीय सरकार भएकोले तपाईहरुले ढंग पु¥याउनुहोला, हामी सहआयोजक भएको नाताले हामीलाई तोकिएको जिम्मेवारी हामीले पुरा गछौँ ।
प्रतियोगिताको लागि निर्देशिका बनाउन कुरामा पनि मुख्यमन्त्री कडेलले खेलकुद मन्त्रालयले समन्वय नगरेको बताए । उनले भने, प्रदेश सरकार पनि सामेल हुने निर्देशिका रहेछ, निर्देशिका बनाउँदा हामीलाई पनि सामेल गराएको भए अझ राम्रो हुने थियो, तर जे बनाउनु भएको छ त्यसमा हाम्रो जिम्मेवारी पूरा गछौँ ।
राराखबर । २०८१, २० फाल्गुन मंगलवार