होलीको पिक्निकबाट फर्किदा सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । होलीको पिक्निक खायर फर्किदै गर्दा सुर्खेतमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन् ।

गए राति ११ बजे वीरेन्द्रनगर–१२ एअर्पोट नजिक भेरीबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट सडकमा हाम फाल्दा उनी घाइते भएका थिए । घाइते उपाध्यायलाई तत्काल उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो ।

तर डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । उनका उनुसार शव हाल प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।

गाडी चालक वीरेन्द्रनगर–१२ बस्ने २४ वर्षीय कुशल राना प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उपाध्याय वीरेन्द्रनगरमा लामो समयदेखि डेरी सञ्चालन गर्दै आएका थिए ।बिहीबाट उनि साथिहरुसंग पिक्निक खान गएका थिए।




फेसबुकबाट तपाईको प्रतिक्रिया