विश्वविद्यालयमा जागिर नभए आयोग जानुहोस्

13417666_1192437727462766_8364077948039497277_n
सुर्खेत, २७ जेठ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय पुनराबेदन आयोगको अध्यक्षमा बरिष्ठ अधिवक्त भूषणकुमार मानन्धर नियुक्त हुनु भएको छ ।
विश्वविद्यालय स्थापना मुल समितिका अध्यक्ष समेत रहनु भएका मानन्धरलाई आयोगको अध्यक्षमा नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले पुनराबेदन आयोगको सदस्यमा अधिवक्त धुव्रकुमार श्रेष्ठ र विद्याभूषण मानन्धर नियुक्त हुनु्भएको छ । विश्वविद्यालय कार्यकारी परिषदको सिफारिसमा आयोग गठन गरिएको वताएको छ ।
पुनराबेदन आयोगले विश्वविद्यालय सेवा आयोग गर्ने शिक्षक कर्मचारीको पदपूर्तिमा चित्त नवुझ्नेले दिएका उजुरीहरु हेर्ने राजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले वताउनु भयो । आयोग विश्वविद्यालयको सर्वोच्च न्याधिक निकायको रुपमा रहने भएकोले यसले गर्ने निर्णय नै अन्तिम हुने उहाँले उल्लेख गर्नुभयो ।
यसैवीच नेपाल प्रगतिशिल प्रध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले पुनरावेदन आयोग गठन भएकोमा स्वागत गरेको छ । संगठनका अध्यक्ष तेजविक्रम वस्नेतले आयोगको कार्यकालको पूर्ण सफलताको कामना गदै निश्पक्ष रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया