सुर्खेत दैलेखसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज रातीदेखि नै पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोली सुर्खेत दैलेखसहितका जिल्लामा पानी रोकिदै पर्दै गर्ने छ ।
मौसमविद डेविट ढकालले आज विहान केही बेर पानी पर्ने रोकिएर दिउसो एक डेढबजेबाट फेरी पानी पर्ने सम्भावना रहेको बताउनु भयो ।
कर्णाली प्रदेशका कतिपय जिल्लाहरुमा आज र भोली ठुलो पानी पर्ने सम्भावना रहेको पनि उहाँले बताउँनु भयो ।
दुई दिन हावाहुरी र चट्याङसहितको पानी पर्ने भएकोले उच्च सर्तकता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
टाढाको यात्रा गर्दा, काममा निश्कदा, वालबालिकाहरुलाई विधालय पठाउँदा छाता, रेनकोट, बर्षादीजस्ता साधानहरु साथमा राख्न सुझाव दिएका छन्
राराखबर । २०८२, १५ जेष्ठ बुधबार