दुर्गम गाउँका विधार्थीलाई मनकारी डा. रुपक कँडेलको सहयोग

बालबालिकालाई पढ्ने प्रेरणा र हौसला

विष्णु रावल – जाजरकोट

हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर रुपक कँडेलले दुर्गम गाउँका विधार्थीलाई विधालय पोशाक सहयोग गरेका छन् । जाजरकोटको नलगाड नगरपालिका -८ मालुवातरास्थित गणेश प्राथमिक विधालयका विधार्थीलाई उनले हाउस ड्रेस दिएका हुन ।

बर्षेनी दुर्गम ठाउँका विधार्थीलाई पोशकसहित विभिन्न शैक्षिक सामाग्री सहयोग गर्दै आइरहेका डाक्टर कँडेलले वालवालिकालाई पढ्नको लागि हौसला जगाउन सानो सहयोग गरेको बताए ।

उनले भने, पोशाक नभएर,  कापी कलम किताव लगायतका शैक्षिक सामाग्रीको अभावमा कुनै पनि बालबालिकाहरु पढने अवसरबाट बन्चित नहुन भनेर सक्दो बर्षेनी दर्गम ठाउँमा सक्दो सहयोग गर्दै आएको छु ।

कर्णाली केयर अस्पताल सुर्खेतमा कार्यरत डाक्टर कँडेलले विगतका बर्षहरुमा पनि जाजरकोटका विभिन्न विधालयका विधार्थीलाई पोशाकलगायतका शैक्षिक सामाग्री सहयोग गरेका थिए ।

पोशाक सहयोगमा पहल र समन्वय गरेका बीबीसीमा कार्यरत संचारक्रमी र समाजसेवी प्रकाश पन्तले मनकारी डाक्टर कँडेल र विधालयवीच समन्वय गर्ने अवसर पाउँदा खुशी लागेको बताए ।

सवै मानिसहरु डाक्टर कँडेलजस्तो मनकारी हुदैनन्, उनले भने, थोरै मनकारी व्यक्तिहरुमा कँडेल पर्नु हुन्छ । उहाँको सहयोगले बालबालिकालाई पढ्ने प्रेरणा र हौसला दिनेछ ।

विधालयका निमित्त प्रधानाध्यापक फनेन्द्र केसीले ट्राउजर सेट र टिसर्ट पाउँदा  विधालयमा अध्ययनरत ५०  जना विधार्थी निकै खुशी भएको बताए ।

उनले भने, सरकारी निकायबाहेक अहिलेसम्म कुनै व्यक्ति र संघसंस्थाबाट विधालय र विधार्थीलाई कुनै खालको सहयोय भएको थिएन्, डाक्टरको सहयोग हाम्रा लागि सधैँ स्मरणिय हुनेछ ।

विधालयका प्रधानाध्यापक बीरेन्द्रबहादुर बुढाले विधालय स्थापनाको २८ बर्षपछि पहिलो पटक सरकारी निकाय भन्दा बाहिरबाट व्यक्तिगत सहयोग प्राप्त भएकोमा खुशी व्यक्त गरे ।

विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जनकबहादुर सिंहले दुर्गम ठाउँका बालबालिकालाई सम्झेर सहयोग गरेकोमा डाक्टरप्रति आभार प्रकट गरेका छन् ।

कार्यक्रममा वडाध्यक्ष तेजबहादुर सिंह,  समाजसेवी लोकेन्द्र केसी, पत्रकार यज्ञ खत्री, भावना राना, दीर्घराज छन्तेल, विधालयका अभिभावक र शिक्षकहरुको सहभागीता थियो ।

वाल कक्षादेखि ३ कक्षासम्म पढाइ हुने गणेश प्राथमिक विधालय अग्रज समाजसेवी तथा  शिक्षाप्रेमी स्वर्गिय मन्जित बोहराले आफैले जग्गा दिएर २०५४ सालमा स्थापना गरेका थिए ।

काम विशेषले जिल्ला बाहिर रहेका विधालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर वोहराले सहयोगीदाता, पहल र समन्वयकर्ताप्रति आभार व्यक्त गरेका छन् ।

विधालयले सहयोगीदाता डा कँडेल समन्वयकर्ता संचारक्रमी पन्तलाई दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरेको छ । भने संचारक्रमी खत्री, छन्तेल र रानालाई प्रशंसा पत्र प्रदान गरेको छ ।

पोशाक सहयोग कार्यक्रम विधालयका संस्थापक स्वर्गिय मन्जित बोहराकी धर्मपत्नी रवि बोहराको अध्यक्षतामा भएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया