सुर्खेत
नेपाली काँग्रेसका उप सभापित पूर्णबहादुर खड्काले काँग्रेसका कार्यकर्तालाई धारिलो बनाउन देशव्यापी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।
नेपाली काँग्रेस प्रशिक्षण विभाग सुर्खेतले बीरेन्द्रनगरमा गरेको संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रममा उनले भने, काँग्रेसको नेतृत्व र अगुवाइमा भएका परिवर्तन र विकासलाई जनतासम्म पुर्याउन कार्यकर्तालाई प्रशिक्षित गरिएको हो ।
७६ बर्षको लामो र गर्वपूर्ण इतिहास वोकेको पार्टीलाई समय र परिस्थिति अनुसार वदल्नु पर्नेमा पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहेका खड्काले जोड दिए ।
जनताको विस्वास र भरोसा जिते मात्रै काँग्रेसले तय गरेको लक्ष्य र उदेश्यमा पुग्ने उल्लेख गर्दै उनले जनताको सुखदुखमा साथ दिन कार्यकर्तालाई आग्रह गरे ।
उनले भने, जनतालाई सुखदुखमा साथ दिए मात्र उनीहरुले पनि काँग्रेसलाई साथ दिन्छन् ।
उनले काँग्रेसका नेता कार्यकर्ताहरु अरु पार्टीका नेता कार्यकर्ता भन्दा सरल, शालिन, इमानदार, निस्वार्थी, उच्त नैतिकवान भएमात्र जनताले काँग्रेसलाई विस्वास र भरोसा गर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रेदश संसदिय दलका नेता जीवनबहादुर शाहीले काँग्रेसको अगुवाईमा भएका विकास निर्माणलाई जनतासम्म पुर्याउन कार्यकर्तालाई सुझाव दिए ।
उनले भने, नेपालमा भएका हरेक राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको कुरालाई आमजनतासामु पुर्याउनु पर्ने आवश्यकता रहेको छ ।
कार्यक्रममा प्रशिक्षकहरु हरिहर बस्नेत, डाक्टर महेन्द्र कुमार मल्ल, नविन श्रेष्ठ, डाक्टर कृष्णप्रसाद पौडेल र कमलबहादुर खत्रीले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
सुर्खेत जिल्लाका करिव २ सय भन्दा अगुवा नेता कार्यकर्ता सहभागी रहेको प्रशिक्षण कार्यकर्म पार्टीका उप सभापित तथा प्रशिक्षण विभागका प्रमुख टोपबहादुर रावतको अध्यक्षतामा भएको थियो । (तस्वीरहरु -गौतम विसीको फेसवुकबाट)
राराखबर । २०८२, ३२ असार बुधबार