जेहेन्दार विधार्थीलाई शैक्षिक सामाग्री सहयोग

सुर्खेत

शिखर इन्स्योरेन्सले सुर्खेत भेरीगंगा नगरपालिका -९, स्थीत विधासागर आधारभूत विधालयका विधार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

शिखर इन्स्योरेन्सको कर्णाली प्रदेश कार्यालयले विधालयका अति गरिव, विपन्न र जेहेन्दार ३५ जना विधार्थीलाई विधालय पोशाक, झोला, कापी,कलम लगायतका शैक्षिक सामाग्री सहयोग गरेको हो ।

इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख गणेशप्रसाद जोशीले शैक्षिक सामाग्री प्रदान  गर्दै सहयोगले विधार्थीको पढाइमा थोरै भएपनि उत्साह जागृत हुने बताए ।

इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्षेनी यस्ता कामहरु गर्दै आएको सुर्खेत शाखा प्रमुख नवराज ढुङ्गानाले बताए ।

शैक्षिक सामाग्री प्रदान कार्यक्रममा शिखर इन्स्योरेन्स मेहलकुना शाखाका प्रमुख एकराज शर्मा, निमित्त वडाध्यक्ष, विधालय व्यवस्थापन समितिका अध्यक्ष, विधालयका प्रधानाध्यापक, शिक्षक र अभिभावकहरु सहभागी थिए ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया