
सुर्खेत – नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सुर्खेत क्षेत्र नं. १ को चुनावी विस्तारित बैठक आज सम्पन्न भएको छ।
बैठकमा उम्मेदवार बिष्णु बहादुर खड्काले उपस्थित काँग्रेसका नेता, पदाधिकारी, कार्यकर्ता तथा आम जनताप्रति धन्यवाद व्यक्त गर्दै चुनावी अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्।
उनले सक्रिय सहभागिता, सुझाव र एकताले अभियानलाई व्यवस्थित, अनुशासित र जनमुखी बनाउने विश्वास व्यक्त गर्दै अब सबै मिलेर जनताको घरघरमा पुगेर भावना बुझ्ने, विश्वास जित्ने र सुर्खेत क्षेत्र नं. १ को समग्र विकासका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
“तपाईंहरूको माया, साथ र आशीर्वादले हामी तयार छौँ – विजय सुनिश्चित छ,” खड्काले भने।
बैठकमा कांग्रेसका नेताहरू, स्थानीय तहका प्रतिनिधि तथा विभिन्न वडाबाट आएका क्रियाशील कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता गरेको छ ।
राराखबर । २०८२, ८ माघ बिहीबार