बन्चरो प्रहारबाट श्रीमतीको हत्या

2

श्रीमतिको हत्या गर्ने कुमाललाई नियन्त्रणमा लिदै प्रहरी । तस्वीर भीमप्रसाद पौडेल ।

सुर्खेत ७, असार ।
सुर्खेतको भेरीगंगा नगरपालिका सानोजात्रीका बीरवहादुर कुमाला मगरले श्रीमतिको हत्या गरेका छन ।
माइतीको घरमा सुतिरहेकोकी श्रीमति धनसरालाई बन्चरो प्रहरी गरी बीरवहादुरले हत्या गरेको प्रहरीले जनाएको छ ।
भाउजु र तीन छेराछोरीसगै सुतेकी श्रमिति धनसराको राती २ बजेतिर बीरवहादुरले हत्या गरेको बयान दिएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।
कसैलाई थाहै नदिई ससुराली गएका बीरवहादुरले श्रमितिको हत्या गरी बन्चरो नजिकैको खोलामा लगेर फालेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक जयसिँह बिष्टले वताए ।
७ अघि अघि मात्रै भारतवाट आएका कुमालले पारिवारीक विवादमा श्रीमतिको हत्या गरेको बयान दिएको प्रहरीले वताएको छ ।
कुमाललाई प्रक्राउ गरी इलाका प्रहरी कार्यालय छिन्चुको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया