सुर्खेत, १० साउन ।
प्रहरीले सुर्खेतको बीरेन्द्रनगर ६ बाट एक युवतिलार्इ ब्राउन सुगरसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बीरेन्द्रनगर ६ मा रहेको एक होटलबाट दैलेखका धना तारामी मगरलार्इ ३ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
डिएसपी बहादुरजंग मल्लले जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी उहाँलार्इ हिरासतमा राखेर थप अनुसन्धान थालिएको बताउनु भयो ।
राराखबर । २०७३, १० श्रावण सोमबार