सुर्खेत, ९ भदाै ।
साहित्यकार टीकाराम उदासी मोति साहित्य सम्मानवाट सम्मानीति हुनु भएको छ ।
१५१ औं मोति जयन्तिको सन्दर्भ पारेर मध्यपश्चिमाञ्चल गजल मञ्चले उहाँलाई मोति साहित्य सम्मानवाट सम्मानित गरेको हो ।
मञ्चले सुर्खेतको वीरेन्द्रनगरमा गरेको कार्यक्रममा उहाँलाई सम्मान गरेको हो ।
नेपाली साहित्यको क्षेत्रमा विशेष योगदान दिएको भन्दै दाङ निवासी गजलकार उदासीलाई माति साहित्य सम्मान २०७३ वाट सम्मान गरिएको मञ्चले जनाएको छ ।
साहित्यकार उदासी नेपाली गजलमा स्नातकोत्तर तहमा शोत्र पत्र लेख्ने नेपालकै पहिलो व्यक्ति हुनुहुन्छ ।
नेपाल संस्कृति विश्वविद्यालयका उपप्रध्यापक समेत रहनु भएका उदासी साहित्यसगै पत्रकारिताको क्षेत्रमा पनि उत्रिकै सक्रिय रहदै आउनु भएको छ ।
यस्तै मञ्चले मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान हुँदै मध्यपश्चिमाञ्चल गजल मञ्चसम्म आइपुग्ने बेलासम्म गजल साहित्यसँगै संस्थागत विकासका लागि विशेष योगदान दिएको भन्दै गजलकार ऋषि शर्मा सुदामा र पुष्प पीडित आचार्यलाई मध्यपश्चिम गजल सम्मान २०७३ वाट सम्मान गरेको छ ।
मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले मोति जयन्ति तथा तेस्रो बार्षिकोत्सव पारेर उहाँहरुलाई सम्मान गरिएको जानकारी दिनुभयो ।
राराखबर । २०७३, ९ भाद्र बिहीबार