विद्यार्थीसँग मनोमानी शुल्क असुल्दै विद्यालय, निगमन निकाय भने मौन

बद्री पन्त
जाजरकोट ३०, भदौ –
खगेनकोट ८, का दिनेश केसी एस एल सी उतीर्णको प्रमाण पत्र पाउन सकेका छैनन् । उनले ५ हजार रुपैंया नपाउदा जानकी माध्यमिक विद्यालय मैदेले एस एल सी उतीर्णको प्रमाण पत्र नदिएको हो । उनी रकम जुटाउन मज्दुरीका लागि भारत गएका छन । बाबु प्रजितले छोरी जुमुना र छोरा दिनेशले एकै समयमा एस एल सी उतीर्ण गरेको बताए । छोरीको गाउँमा सापट गरेर मार्गसिट निकाले तर छोराको मार्गसिट निकाल्नलाई रकम भएन उनले भने ।
IMG_0277छोरो भारत गएको छ , पैसा कमाएर आउछ पछि निकाल्छ, उनले भने । विद्यालयले बर्षेनी चर्को शुल्क उठाउदै आएको छ । पैसा हुनेले पाउने भए हामी गरीव उधारो पनि दिदैनन् उनले गुनासो पोखे । त्यसैगरी सोही ठाउका मनिसा केसी, रेणुका केसी, कल्पना पुन, सुनिता बिष्ट, कमला बस्नेत, बलराम सिंह, विनोद सिंह, सर्मिला केसी, टेकबहादुर केसी लगाएतले पनि प्रमाण पत्र पाउन सकेका छैनन् ।
उता थालारैकर २ की लीला खत्री, विमला केसी, विनिता शाही, कमला विक लगाएतले पनि प्रमाण पत्र पाउन सकेका छैनन् । उनीहरुले एस एल सी उतीर्ण प्रमाण पत्र बाफत विद्यालयले लिने चर्को शुल्कका कारण नपाएका हुन् । जानकी माध्यमिक विद्यालय मैदेले एस एल सी उतीर्ण गरेका खत्री द्वय मात्र हैन, ४० विद्यार्थीलाई उस्तै मर्का परेको छ । उक्त विद्यालयले प्रमाण पत्र बाफत ५ हजार लिने गरेपछि विद्यार्थीहरुलाई मर्का परेको खगेनकोट ८, मैदेकी जमुना केसीले बताइन ।
गत शैक्षिक सत्रमा इन्द्रज्योति माध्यमिक विद्यालय थालारैकरबाट एस एल सी उतीर्ण गरेका १ सय विद्यार्थीलाई उस्तै मर्का परेको छ । उक्त विद्यालयले प्रमाण पत्र बाफत ३ हजार लिने गरेपछि विद्यार्थीहरुलाई मर्का परेको हो । विद्यार्थीबाट मनोमानी शुल्क लिनेमा इन्द्रज्योति मावि त उदाहरण मात्र हो ।
IMG_20160914_134506त्यसैगरी एसएलसी प्रमाण पत्र शुल्क बाफत सरस्वती उमावि सीमाले २ हजार, विजय मावि छिप्रेनाले २ हजार ५ सय, सुर्योदय मावि कैनाले २ हजार, बालसंरक्षण मावि सिर्केले २ हजार, राम मावि झाप्राले २४ सय, तपभुमी मावि ध्यारगाउले ३ हजार आठ सय, पञ्चभयार मावि जीकुवाले २ हजार पाच सय, शिब ब्यवशायिक मावि कालेगाउले २ हजार, शंकरभवन मावि बाहुनथानाले २ हजार र भानुभक्त उमाविले १ हजार ५ सय लिने गरेको पाइएको छ ।
जिल्लाका अधिकांश विद्यालयले विभिन्न निउमा मनोमानी शुल्क अशुल्दा विद्यार्थी तथा अभिभावक मर्कामा परेका छन् । ६४ माविले नै उक्त प्रमाण पत्रको १ हजार बढी शुल्क लिने गरेका छन । शिक्षा ऐन नियमावलीले कक्षा १० सम्मका विद्यार्थीलाई पुर्ण निशुल्कको ब्यबस्था गरेपनि जाजरकोटमा लागु नभएको थालारैकर ४ का कर्ण प्रसाद शर्माले बताए । नियमन निकाय पनि मौन देखिन्छ, शिक्षा क्षेत्र लथालिङ्ग छ । जस्ले जे गरेपनि हुने भएको छ, उनले भने ।
IMG_0282निजी स्रोतका शिक्षकलाई तलव खुवाउन र एसएलसी केन्द्रको खर्च उठाउनका लागि विद्यार्थीबाट चर्को शुल्क उठाएको इन्द्रज्योति माध्यमिक विद्यालय थालारैकरका प्रधानाध्यापक नरेन्द शाहीले बताए । स्विकृत दरबन्दि नहु“दा निजी स्तरमा शिक्षक नियुक्ती गरेर विद्यालय चलाउनु परेको छ, उनले भने ।
आर्थिक स्रोत नै विद्यार्थी हुन् अभिभावकबाट चन्दा र विद्यार्थीबाट शुल्क उठाएर विद्यालय संचालन गरिएको छ जाजरकोटमा ? अनुदान नभएको भन्दै मनोमानी शुल्क अशुल्ने गरेका छन । बर्षेनी विद्यार्थीबाट शुल्क अशुल्ने, आफ्नो अनुकुलतामा खर्च गर्ने प्रधानाध्यापकलाई सम्बन्धित निकायले कारबाही गर्नु पर्ने अभिभावकको माग छ ।
IMG_20160914_180255एस एल सी प्रमाण पत्र वाफत कक्षा १० मा १ हजार तथा ११ र १२ कक्षामा १ हजार पाच सय शुल्क लिन शिक्षा कार्यालयले सबै विद्यालयलाई परिपत्र गरेको निमित्त जिल्ला शिक्षा अधिकारी बिनाराम खड्काले बताए ।
बढी शुल्क लिने विद्यालयका शिक्षकलाई कारबाही गरीने उनले बताए । कुनैपनि विद्यालयले १ हजार बढी अशुल्न नपाइने उनले बताए । मनोमानी शुल्क लिएको पाइएमा सो शुल्क तत्काल फिर्ता गरीने र सम्बन्धित प्रधानाध्यापकलाई स्पष्टीकरण सोध्ने बढी शुल्क लिने विद्यालयका शिक्षकलाई कारबाही गरीने निमित्त जिल्ला शिक्षा अधिकारी खड्काले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया