बद्री पन्त
जाजरकोट १, असोज
जाजरकोटमा अरिङ्गालले चिलेर एक बालकको मृत्यु भएको छ । जिल्लाको रामीडाँडा १, बयालाका विरेन्द्र बस्नेतका ३ बर्षिय छोरा शिव बस्नेतको मृत्यु भएको हो ।
घर नजिकै खेलिरहेको बेला अरिङ्गालको गोलै खनिएर चिल्दा गंभिर घाईते भएका बालकको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
कसैले अरिङ्गालको गोलो चलाईदिएपछि उक्त घटना भएको हो । यस अघि पनि भेरीमालिका ७ पुन्मा २ र ढिमे ४ मा एक गरी तीन बालबालिकाको अरिङ्गालले चिल्दा ज्यान गैसकेको छ ।
शिव सहित दुई तीन सातामा अरिङ्गालले चिल्दा चार जनाको ज्यान गएको छ ।यतिवेला अरिङ्गालले बच्चा उत्पादन गर्ने सिजन भएकोले गोला नचलाउन जाजरकोटका निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले बताउनु भयो ।
राराखबर । २०७३, १ आश्विन शनिबार