जाजरकोटको दल्लीमा निःशुल्क स्वास्थ्य शिविर हुदै

बद्री पन्त
जाजरकोट, ६ मंसिर ।
जाजरकोटको दल्लीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लहँले आयोजना गर्न लागेको शिविर यही मंसिर ११ गते हुने भएको हो ।
भौगोलिक विकटता, यातायातको अभाव, निम्न आर्थिक अवस्थालगायतका विभिन्न समस्याबाट ग्रसित र लामो समयदेखिको शरीरमा भएको रोग र स्वास्थ्य अवस्थाबारे बेखबर रहेका जनतालाई निःशुल्क स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरणले ठूलो राहत पुग्ने सहकारी संस्थाले दावी गरेको छ ।
लहँ, डाडाँगाउँ र खगेनकोट गाविसको सहयोगमा हुन लागेको शिविरमा बिशेषज्ञ डाक्टर लगायतको स्वास्थ्यकर्मीको टोलीले विरामीको स्वास्थ्य जाँच र निशुल्क उपचार गर्ने बताएको छ ।
doctor-sibirशिविरमा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत बरिष्ठ फिजिसियन डाक्टर केएन पौडेल, हात तथा नसा रोग विशेषज्ञ डाक्टर रुपक कँडेल लगायतको स्वास्थ्यकर्मीको टोलीले उपचार गर्ने बताएको छ ।
शिविरमा हाड तथा नसा रोग, महिलामा देखिएका समस्या, दाँत, लगायत सवै रोगको निःशुल्क उपचार गरिने शिविरमा स्वास्थ्यकर्मीको नेतृत्व गरेर जान लाग्नु भएका डाक्टर केएन पौडेलले बताउनु भयो ।
उपचारको लागि वाहिर जान नसकेका जनतालाई घरदैलोमै स्वास्थ्य सेवा दिने उदेश्यले शिविर संचालन गर्न लागिएको नागरिक कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्ष प्रकाश पन्तले बताउनु भयो ।
उहाँले आर्थिक अभाव लगायतका विभिन्न कारणले उपचारको लागि जान नसकेका दुरदराजका बिरामीलाई शिविरले फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो
आर्थिक अवस्था कमजोर भएका जनतालाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिविर हुन लागेकाेले घरदैलोमै हुने शिविरमा आएर उपचार गर्न डाडाँगाउँ गाविसका सचिव धनीराम कुमाईले सर्वसाधारणलाई आग्रह गर्नु भएको छ ।
लहाँ गाविसका सचिव रत्न कटुवालले शिविर सञ्चालनले यस क्षेत्रका जनतालाई ठूलो राहत पुग्गे उल्लेख गर्नुभयो ।
शिविरमा पूर्वी जाजरकोटका लहँ, डाडाँगाउँ, खगेनकोट, रग्दा, भगवती, सक्ला लगायत छिमेकी रुकुम जिल्लावाट पनि उपचारको लागि विरामी आउने खगेनकोटका सचिव नरेन्द्र सिहले जानकारी दिनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया