सुर्खेत, २८ मंसिर ।
जनप्रिय बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर नगरपालीका–१८ को ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा मंगलबार सभा भएको हो ।
सभामा अध्यक्ष भण्डारीले वार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सीताकुमारी वलीले आर्थिक प्रगतिप्रतिवेदन, ऋण उप–समितिका संयोजक निमबहादुर भण्डारीले ऋण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष वलीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा २ करोड ३ लाख २३ हजार ५ सय रुपैयाँ आय–व्यय रहेको छ ।
यसैगरी सभाबार आव ०७३÷७४ का लागि ३ करोड ३३ लाख १० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । सभाको अवसरमा बृद्ध शेयर सदस्यमा टेकबहादुर खड्का, असल ऋणीमा भलना भण्डारी र उत्कृष्ट बचतकर्तामा कृष्णप्रसाद लम्साललाई सम्मान गरिएको छ ।
राराखबर । २०७३, २८ मंसिर मंगलवार