मंसिर, १ सुर्खेत ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभाका लागि सुर्खेतको क्षेत्र नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले देशमा लोकतन्त्र स्थापना गर्न काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । आफ्नो चुनावी कार्यतालिकाअन्तर्गत सुर्खेतको रानीवासमा भएको आमसभालाइ सम्बोधन गर्दै खड्काले राणा शासन, पञ्चायत र राजालाइ समेत सत्ताच्यूत गरि जनताको शासनसहितको लोकतन्त्र ल्याउन नेपाली काँग्रेस सफल भएको बताएका छन् ।
उहाँले चिङ्गाड दरालाइ केन्द्रीय राजधानीसंग जोड्नका लागि पनि प्रदेशसभामा झगबहादुर डाँगी र केन्द्रमा आफूलाइ जिताउन मतादातासंग आग्रह गरेका छन् । पूर्व गृहमन्त्री समेत रहनुभएका खड्काले नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयनसंगै तिव्र गतिको विकास निर्माण र जनताको आर्थिक सम्मृद्धिको लागि पनि नेपाली काँग्रेसको सरकार अपरिहार्य भएको बताएका छन् । अस्थिर राजनीतिसंगै हालसम्म पनि एकै पार्टीबाट सरकार निर्माण हुन नसकेको भन्दै खड्काले स्थिर सरकार बनाएर पाँच बर्षसम्म सत्ता चलाउनका लागि पनि नेपाली काँग्रेसको चुनाव चिह्न रुखमा भोट मतादन गर्न जनतालाइ आग्रह गरेका छन् ।
यसैगरी कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश सभाका लागि क्षेत्र नं. १ (ख)का उम्मेदवार झकबहादुर डाँगीले २००७ सालदेखि आन्दोलनका नेतृत्व गर्दै नेपाली जनताको अभिभावक पार्टीका रुपमा रहेका काँग्रेसका उम्मेदवारहरुलाइ जिताउन आग्रह गरेका छन् । नेपाली काँग्रेस साविकको रानीवास गाउँ कार्य समिति सभापति प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको चुनावी सभामा चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्द, चिङ्गाड गाउँपालिका २ का वडा अध्यक्ष बुधे खत्री, नेपालीकाँग्रेसका नेता भक्तबहादुर आर.सी, तरुण दल केन्द्रीय महाधिवेशन प्रतिनिधि डोरप्रसाद शर्माले पनि आफ्नो भनाइ राख्दै काँग्रेसलाइ जिताउन आग्रह गर्नुभयो ।कार्यक्रमकै अवसरमा एमाले र माओवादी केन्द्र पार्टी परित्याग गरी ११ जना कार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाइ नेपाली काँग्रेस केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले सदस्यता प्रदान गरेका थियो।
राराखबर । २०७४, १ मंसिर शुक्रबार