जाजरकोटमा महिला संघको गाउँ/नगर कार्य समिति गठन

बद्री पन्त
जाजरकोट १०, माघ
नेपाल महिला संघ जाजरकोटले जिल्लाका ७ वटै स्थानीय तहमा महिला संघको गाउँ÷नगर कार्य समिति गठन गरेको छ । १ महिना लगाएर सात वटै पालिकामा गाउँ÷नगर कार्य समिति गठन गरिएको हो ।
नेपाल महिला संघ जाजरकोटकी अध्यक्ष मैना कार्की रावल र सचिव सरीता सिंह लगाएत नेत्रीहरु ७ वटै पालिकाहरुमा पुगेर संगठन निर्माण तथा नयाँ कार्य समिति चयन गर्नु भएको हो । आसन्न जिल्ला अधिवेसन तथा केन्द्रिय महाधिवेसन लाई केन्द्रित गरि गाउँगाउँमा पुगेर संगठन निर्माण गरेको अध्यक्ष रावलले बताउनु भयो ।
संविधान र पार्टीएको संशोधित विद्यान अनुसार जिल्लाका ७ वटै स्थानीय तहमा आफनो सांगठनिक संरचना तयार गर्न गाउँ अभियानमा लागेको रावलको भनाइ छ । पार्टीको संगठनलाई क्रियाशील र मजवुत वनाउन आफुहरु गाउँ जागरण तथा संगठन निर्माण अभियानमा लागेको र स्थानीय तह, प्रदेश सभा र संघीय संसदको चुनाव सकिएको लामो समयपछि पार्टी गाउँ नपसेको र पार्टीका आगामी गतिविधिहरुलाई सहज र प्रभावकारी वनाउन पनि आफुहरु अहिले संगठन निर्माणको अभियान लिएर संगठन निर्माणमा लागेको रावलले बताउनु भयो ।
महिला संघ र नेपाली काँग्रेस पार्टीको संगठन र राजनैतिक गतिविधिहरुलाई गतीशील वनाउन विभिन्न कार्यक्रमहरु सन्चालन गरेको उहाँको भनाई छ । आफुहरुले वनाउने विभिन्न अभियान तथा कार्यक्रमहरुले पार्टीका नेता कार्यकर्ताहरुलाई व्यस्त वनाइ राख्न सहयोग गर्ने बताउनु भयो ।


महिला संघको संगठन निर्माणको अभियान जिल्लाको शिवालय गाउँपालिकावाट सुरु भएर भेरी नगरपालिकामा पुगेर पहिलो चरनको अभियान पुरा भएको सचिव सिंहले बताउनु भयो ।
शिवालयमा सम्पन्न महिला संघमा आवद्ध महिलाहरुको भेलाले सिर्जना रेग्मी को सभापतित्वमा २१ सदस्यीय, छेडागाड नगरपालिकामा कालिकादेवी सिहंको सभापतित्वमा २१ सदस्यीय, जुँनीचाँदे गाउँपालिकामा लालसरा बस्नेतको सभापतित्वमा २५ सदस्यीय, कुशे गाउँपालिकामा महिमा शाहीको सभापतित्वमा २१ सदस्यीय, बारेकोट गाउँपालिकामा सुमित्रा खत्री शाहीको सभापतित्वमा ३३ सदस्यीय, नलगाड नगरपालिकामा कल्पना खत्रीको सभापतित्वमा ३९ सदस्यीय र भेरी नगरपालिकामा सिता जैसीको सभापतित्वमा २१ सदस्यीय गाउँ तथा नगरपालिका समिति गठन गरेको सचिव सिंहले वताउनु भयो ।
महिलाहरुको संगठन निर्माण तथा गाउँ जागरण अभियानले पार्टी संगठनलाई जीवन्त वनाउन ठुलो मद्दत गरेको काँग्रेस जाजरकोटका नेता वेदराज सिंहले बताउनु भयो । पार्टीका सवै भातृ तथा भगिनी संगठनहरुले स्वस्फुर्त रुपमा आफना गतिविधिहरुलाई जनता र कार्यकर्ता मुखी वनाए नेपाली काँग्रेस सकरात्मक रुपमा मजवुत वन्दै जाने सिंहको भनाइ छ ।
७ वटै स्थानीय तहमा महिला संघको गाउँ÷नगर कार्य समिति गठनको काम सकिएको छ भने सात वटै तहका ७७ वडा पालिकाबाट १०÷१० जनाको दरले पश्चिमको थलह र पूर्वको दल्लीमा प्रशिक्षण कार्यक्रम सन्चालन गरीने अध्यक्ष रावलले जनाउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया