लामो खडेरी सुख्खाको क्षति विवरण
प्रकाश पन्त
सुर्खेत, २९ वैसाख ।
लामो खडेरी र सुख्खाका कारण मध्यपश्चिमको ३ सय ८५ गाविस नराम्ररी प्रभावित भएका छन । ४ सय ८९ गाविस मध्य ५ वटा नगरपालिका सहित ३ सय ८५ गाविस नराम्ररी प्रभावित भएका हुन ।
खडेरीले गर्दा ८३ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलमा लगाएको ७३ हजार ३ सय ९२ मेट्रिक टन अर्थात करिव ४ अर्व रुपैया वरावरको अन्नवाली नष्ट भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले जनाएको छ । सेवा केन्द्र स्तरमा खटिएका कर्मचारीले ल्याएको प्रतिवेदनलाई आधार मानेर जिल्ला दर रेट अनुसार मुल्याकंन गर्दा खडेरीवाट ३ अर्व ८७ करोड ७३ लाख रुपैया वरावरको अन्नवाली नष्ट भएको निर्देशनालयले वताएको छ । कृषकले लगाएको र लगाउन नपाएको अन्नवाली उत्पादनको अवस्थालाई मुल्याकंन गर्दा पौने ४ अर्व रुपैयाको क्षेति भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले वताएको छ । चालु आर्थिक वर्षमा खाद्यान्न उत्पादनमा ठुलो गिराबट आएकोले मधयपश्चिम क्षेत्रमा ठुलो भोकमरी पर्न सक्ने अनुमान निर्देशनालयले गरेको छ ।
खेडेरीका कारण किसानले वाली लगाउन नपाएको र लगाएको पनि ओइलिएर मरेको छ । खडेरीले गर्दा यस क्षेत्रको प्रमुख अन्नवाली गहुँ, मसुरो, जौ, चना, मकै, कोदो, फापर, लगायतका अन्नवाली र तरकारीमा ठुलो क्षेति पुगेको छ । मध्यपश्चिमको रुकुम बाहेक सवै जिल्लामा खडेरीको असर परेको छ । क्षेत्रीय कृषि निर्देशक शीवनारायण चौधरीले रुकुम जिल्लावाट सुख्खाको प्रभाव नपरेको विवरण प्राप्त भएको र वाकी १४ जिल्लामा भने ठुलो असर परेको वताउनु भयो । उहाँले पानी नपरेपछि हिँउदे र वर्षे दुवै वाली नभएकोे जानकारी दिनुभयो । साउन महिनादेखि नै पानी नपरेकोले कतिपय जिल्लाका किसानले वर्षे वाली लगाएनन् । लगाएका किसानले पनि वाली स्याहार्न पाएनन् उहाँले भन्नुभयो ।
खडेरीका कारण १ लाख ३९ हजार १ सय ५० घरधुरी प्रत्यक्ष रुपमा प्रभावित भएका छन । सधै भोकमरीको चपेटामा पर्ने गरेको मध्यपश्चिमका पहाडी जिल्लाहरुमा यसपाली ठुलो भोकमारी पर्न सक्ने अनुमान निर्देशनालयले गरेको छ । खडेरीवाट जाजरकोटका २०, मुगुका २४, दैलेखमा २ नगरपालिका सहित ४९, सल्यानमा २३, सुर्खेतमा २५, वाँकेमा २६, डोल्पामा २३, बर्दियामा १५ वटा गाविस प्रभावित भएका छन । यस्तै हुम्लाका २७, कालिकोटका ३०, रोल्पाका ५०, दाङ्ग २ र प्युठान जिल्लाका २६ वटा गाविस पनि खडेरीवाट नराम्ररी प्रभावित भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले जनाएको छ ।
यो वर्ष सिचाई भएको क्षेत्रमा मात्र वाली उत्पादन भएको र सिचाई नभएको क्षेत्रमा भएन निर्देशनालयले वताएको छ । विगतका वर्षमा खडेरीले पुरयाएको क्षेतिको विवरण संकलन गर्नु नपरे पनि यसपाली भने विरतण गर्नु परेको निर्देशनालयका प्राविधिक सहायक पूर्णवहादुर थापाले वताउनु भयो । मध्यपश्चिम क्षेत्रमा किसानले असोजदेखि मंसिरसम्म अन्नवाली लगाउने गर्छन । तर यसपाली पानी नपरेको कारण धेरै किसानले वाली नै लगाएन उहाँले भन्नुभयो लगाएको वाली समेत स्याहार्न पाएनन् ।
खडेरी र सुख्खाले गरेको क्षेतिको विवरण संकलन किसानलाई राहात दिनको लागि मंत्रालयमा पठाएको क्षेत्रीय कृषि निर्देशक शीवनारायण चौधरीले जानकारी दिनुभयो । उहाँले खडेरीले गर्दा अन्नको उत्पादनमा ठुलो नोक्सानी भएकोले पीडित भएका किसानलाई राहात दिनको लागि पहल गरिरहेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनको कारण लामो समयसम्म पानी नपरेकोले बताएको छ ।
राराखबर । २०७३, ३ जेष्ठ सोमबार