सुर्खेत, २७ जेठ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ केलडाँडामा रहेको प्रभात माध्यामिक विद्यालयमा पढने असाहाय बालवालिकालाई प्रदेश अस्पतालमा कार्यरत वालरोग विशेषज्ञ डाक्टर नवराज केसीले शैक्षिक सामग्री सहयोग गरेका छन् । आमा वुवा दुवै नभएका र आमाबुवा मध्ये एक नभएका ३५ जना विद्यार्थीलाई उनले झोला र कापी, कलम दिएका हुन । आर्थिक अभावले गर्दा पढाईमा समस्या भएको समाचार प्रकाशित भएपछि डाक्टर केसीले उनीहरुलाई सहयोग गरेका हुन ।
आइतवार विद्यालयमा पुगेर डा केसीले बालबालिकालाई शैक्षिक सामाग्री सहयोय गरेका थिए । विपन्न र असाहाय बालवालिकाको पढाइ लेखाइमा सहयोग होस भन्ने उद्देश्यले आफुले सहयोग गरेको उनले बताए । ‘गरिवीको कारणले कुनै पनि बालवालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस्’ उनले भने, ‘जसले गर्दा बालवालिका विद्यालयमा नियमित आउन र सहज रुपमा पढ्न पाउन ।’
कार्यक्रममा प्राध्यानाध्यापक भीमबहादुर खड्काले आर्थिक अवस्था कमजोर भएका र बुवा आमा नभएका बालवालिका कापी कलम र झोला नलिएरै विद्यालय जाने आउने गरेको बताए । बिना पोशाक र कापिकलम विद्यालय आउँदा पढाइलेखाइमा समस्या भएको पनि उनले बताए ।
जसका कारण उनीहरु विद्यालयमा नियमित हुन समस्या थियो । कतिपय बालवालिका भाइबहिनीको पढाउन आफै नपढेर बसेका छन् । विद्यालयमा अध्ययनरत करिव पाँच सय विद्यार्थी नै न्युन आर्थिक अवस्थाका बालवालिका रहेको उनले बताए । जसमध्ये एक चौथाई जति बुवाआमा नभएको तथा वुवा वा आमा नभएको रहेको खड्काले बताए ।
राराखबर । २०७६, २७ जेष्ठ सोमबार