बद्री पन्त
जाजरकोट ६, फागुन
दुर्लभ वन्यजन्तु हाईना मृत अबस्थामा फेला परेको छ । भेरी नगरपालिका १३ को डाडेमाडि सामुदायीक वनको छिन्चु–जाजरकोट सडक खण्ड अन्तरगत खोदाखोला स्थित सडक छेउमा मृत फेला परेको हो ।
सडकमा हिड्दै गर्दा बसको ठक्करबाट मृत्यु भएको हुन सक्ने अनुमान गरेको निमित्त डिभिजन वन अधिकृत महेश कुमाईले वताउनु भयो । ३५ किलो तौल पोथि हाईना अन्दाजी डेढ बर्ष उमेरको तथा एक सय ७० सेन्टिमिटर लामो र ७० सेन्टिमिटर अग्लो उक्त हाईनाको टाउकोमा गहिरो चोट लागेको थियो । स्थानीयले हाईना मरेको जानकारी गरेपछि डिभिजन वन कार्यालयको टोली गएर खलंगा ल्याएको थियो । मृत हाईनाको पोष्टमार्टम वन, प्रहरी, पशुपन्छी विकास शाखाका प्रतिनीधि, पत्रकार लगाएतको रोहवरमा गाडिएको छ ।
यो दुर्लभ वन्यजन्तु हो । यस्लाई स्थानीय भाषामा हाउसे बाघ भन्ने गरिन्छ । यो कतीको संख्यामा छ भन्ने बारेमा एकिन हुन नसकेको निमित्त डिभिजन अधिकृत कुमाईले बताउनु भएको छ । यसले मरेका सिनो खाने गर्दछ । यो नेपालमा कमैको संख्यामा पाउने गर्दछ ।
राराखबर । २०७६, ६ फाल्गुन मंगलवार