फुड एण्ड म्युजिकल फेस्टिभल

यही फागुण २८ देखी चैत्र २ गते सम्म कर्णालीको राजधानी बीरेन्द्रनगरमा फुड एण्ड म्युजिकल फेस्टिभल आयोजना हुने भएको छ।

स्वच्छ,स्वस्थ अर्गानिक खानाको विकासः अनि सम्भव छ कर्णालीको विकासः भन्ने नारा सहित फेस्टिभलको आयोजना गर्न लागिएको हो।

रेडपान्डा ग्रुपको आयोजनामा हुने फेस्टिभलको आज बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गरार्इएको हो। कर्णालीमा पर्यटन, प्रविधि तथा कृषि विकासको लागि फेस्टिभलले महोत्वपुर्ण योगदान दिने आयोजकले अपेक्षा राखेको छ।

अर्गानिक, स्थानिय तथा नयाँ प्रविधिबाट तयार पारिएका खानाको प्रर्बदन गर्ने, आन्तरिक तथा बाह्य पर्यटनको संख्या बढाउनमा फेस्टिभलले योगदान पुर्याउने आयोजकको भनार्इ छ।

सुर्खेतमा पहिलो पटक संञ्चालन हुन लागेको फेस्टिभलमा विभिन्न परिकारका खाने कुराका स्टल,खाध्य परिकार, राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती पनि रहने छ।

रेडप्रान्डा ग्रुपका संयोजक रमेश शाहीले कर्णाली सरकारले घोषणा गरेको यसपालि,घुमौ कर्णाली, को नारालार्इ फुड टुरिजमको माध्यबाट विकास गरिने बताउनुभयो।

उहाँले क्यान र्इन्फोटेक सुर्खेतसंग समन्वय गरेर कार्यक्रमको आयोजना गरिएको भन्दै कर्णालीका उत्पादनहरु मुख्यआकर्षणको रुपमा रहने जिकिर गर्नुभयो।

कर्णालीमा पर्यटन, प्रविधि तथा कृषि विकासको लागि कुनै नयाँ कामको थालनी नभएको सन्दर्भमा आफुहरुले त्यसको विकासको लागी पनि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

फेस्टिभल संञ्चालनको लागी १० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने ८० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया