मध्यपश्चिममा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाउने किसानहरु को को हुन ? हेर्नुहोस

kalikot
बिजा शाही पुरस्कार लिदै ।
307
सेते वुढा
d
विष्णु शाही
b3
शर्मा चौधरी
s5
उमेशकुमार पौडेल

सुर्खेत २०, असार ।
मध्यपश्चिमका ५ जना किसान राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन ।
क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले उनीहरुलाई जनही २५ हजार रुपैया नगद पुरस्कारवाट पुरस्कृत गरेको हो ।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट कालिकोटका बिजा शाही, जाजरकोटका सेते बुढा, दैलेखका विष्णुवहादुर शाही, बर्दियाका शर्मा चौधरी र सुर्खेतका उमेशकुमार पौडेल पुरस्कृत हुनु भएको छ ।
मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतमा भएको कार्यक्रमा उहाँहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ
पुरस्कार प्रदान गदै क्षेत्रीय कृषि निर्देशक शीवनारायण चौधरीले कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले वर्षेनी राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गदै आएको बताउनुभयो ।
बिजा शाही
शाहीको घर चिलखाया –३ कालिकोट हो । उनले ५ कक्षासम्म पढेकी छन । स्याउको बगैचा छ । अहलिहे २ हजार ३ सय ५० वोट छन । १ हजार ३ सय वोट फेलेका छन । यसपाली पुरै स्याउ १०लाख रुपैयाको ठेक्कमा दिइसकिएको छ । स्याउवाट शाहीले वर्षेनी १० लाख रुपैया भन्दा बढी आम्दानी गदै आएकी छन ।
सेते वुढा
वुढाको घर डाँडागाउँ गाविस २ कल्पत घर हो । २०३० सालवाट २ वटा मुडे घारवाट मौरीपालन सुरु गरेका थिए । २०५० सालवाट उनले व्यवसायीक रुपमै मौरीपालन थाले । अहिले उनका १ सय ३० घार मौरी छन । बुढाले मौरीवाट वर्षेनी १२ देखि १५ लाख रुपैया कमाउछन ।उनले वाख्रा पनि पालन गरेका छन । उनलाई जाजरकोटवासीले महबुढा भनेर पनि चिन्दछन ।
बिष्णुवहादुर शाही
उनको घर मालिका ६ दैलेख हो । उनले हाइव्रिट टमाटरको बीउ उत्पादन गदै आएका छन । २०६९ सालवाट उनले व्यवसायीक रुपमै टमाटरको वीउ उत्पादन गदै आएका छन । एक किलो सृजना हाइव्रिट टमाटरको मुल्य एक लाख रुपैया पर्छ । उनले बाख्रा कुखुरा पालन पनि गरेका छन । वर्षमा उनको आम्दानी करिव १० लाख रुपैया जति छ ।
शर्मा चौधरी
चौधरीको घर राजापुर नगरपालिका १२ बर्दियामा पर्छ । उनले वर्षमा ३ सय ६६ क्वीन्टल धान गहु वेच्दै आएका छन । १२ बिगाह क्षेत्रफलमा उनले खेती गर्छ । उनले वर्षमा धान, गहु वेचेर १५ लाख रुपैया आम्दानी गदै आएका छन ।
उमेशकुमार पौडेल
पौडेलको घर दशरथपुर ५ सुर्खेत हो । स्नातक तह पास गरेका पौडेलले व्यवसायिक रुपमा गाईपालन गरेका छन । उनको गोठमा अहिले २५ वटा गाई छन । उनले दैनिक सय लिटर दुध वेच्दै अएका छन । शिक्षकको जागिर छाडेर गाईपालन थालेका पौडेलले अहिले वर्षमा २० लाख रुपैया कमाउदै आएका छन ।

प्रकाशित मितिः २० असार २०७३, सोमबार ११:३४