
सुर्खेत २४, असार
राम्रो आम्दानी हुन थालेपछि सुर्खेत पाम्काका किसानहरु अदुवा खेतीतर्फ आकर्षित भएका छन छन ।
उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले वीरेन्द्रनगरमा गरेको अन्र्तक्रियामा पाम्का ८ युवा किसान देवेन्द्र वली अदुवा खेती गरेर वार्षिक १ लाखसम्म आम्दानी गर्न सफल भएको बताउनु भयो।
४ रोपानी जग्गामा अदुवा खेती ३६ क्वीन्टल उत्पादन गरेको भन्दै उहाँले ४ क्वीन्टल विउकालागि राखेको र बाँकी विक्रि गरेको बताउनु भयो ।
पाखुरा चलाउन सकेमा स्वीदेशमै कृषि गरे पनि राम्रो आम्दानी गर्न सकिने उहाँको भनार्इ छ।
शिशिर उन्नत कृषिक समुहले उच्च मुल्य कृषि वस्तु विकास आयोजनासंग दुर्इवर्ष अघि अदुवा खेतीकालागि सम्झैता गरेर ९ जनाले खेति सुरु गरेकोमा अहिले समुहमा ४३ जना कृषिक आवद्ध भएका छन् ।
गत आर्थिक वर्षमा उनीहरुले उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले दिएको अनुदान रकमले कृषिक समुहले १३० रोपनी जमीनमा अदुवा खेती गरेका हुन।
७ सय कुइन्टलबाट कुल १७ लाख बराबरको आम्दानी गरेको बताएका किसानहरुले आगामी वर्षकालागि १८० रोपनीमा जमीनमा अदुवा खेती गर्ने तयारी गरेका छन।
कार्यक्रममा जुरी मांलिका जडीबुटी संस्थाले उच्च मुल्य कृषि वस्तु विकास आयोजनासंग सम्झैता गरी २१ लाखको टिमुर संकलन गरेको बतार्इएको छ ।
कार्यक्रममा आयोजनाको हाल सम्मका प्रगती सिकाई र भावी रणनीतिक सम्बन्धी आयोजनाका वरिष्ठ कृषि अधिकृत हरि प्रसाद गुरुङ्गले जानकारी दिनुभएको छ ।
आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीको अध्यक्षता भएको कार्यक्रममा आयोजनाका विज्ञ गोपाल प्रसाद श्रेष्ठले जिल्लामा आयोजनाले गरेका क्रियाकलापका बारेमा चर्चा गर्नुभएको छ ।