
बद्री पन्त
जाजरकोट २५, असार
जिल्ला कृषि विकास कार्यालय जाजरकोटले ६२ हजार ५ सय वर्षे फलफुलका विरुवा वितण गरेको छ । कार्यालयको वार्षिक कृषि प्रसार कार्यक्रमबाट किसानलाई विभिन्न जातका वर्षे फलफुलका विरुवा वितण गरेको हो ।
कार्यालयको ढुवानी अनुदानमा रौतहतबाट आप, अनार, लिच्ची र इलाम, दोलखाबाट अलैची तथा जिल्लाका स्थानीय नर्सरी फार्मबाट कागती सुन्तलाका विरुवा ल्याईएको हो ।
अम्रपाली आँप २ हजार, दशेरी ५ हजार, अनार १५ सय, लिच्ची १६ सय,कागती ६ हजार, सुन्तोला ६ हजार र अलैची ३८ हजार ५ सय गरी ६२ हजार ५ विरुवा वितरण गरेको बरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले जानकारी दिनु भएको छ ।
जिल्लाको एक नगरपालिका तथा २६ गाउँ विकास समितिमा फलफुल खेतीको राम्रो सम्भावना रहेको छ ।
जिल्लाको तल्लो भाग छेडाचौर देखि खगेनकोको दल्लीसम्ममा आप र लिच्ची, विचको भागमा कागती, सुन्तोला, माथल्लो भागमा ओखर किवी, स्याउ राम्रो सम्भावना रहेको अधिकृत रोकायले जानकारी दिनु भयो ।
खलंगा, थालारैकर, सिमा, जगतपिुर, भुर, पुन्मा, खगेनकोट, लहँ, डाडाँगाउँ, कार्कीगाउँ, दशेरा, गर्खाकोट, सुवानाउली, जुगाथापाचौर लगएत गाविसहरुमा विरुवा वितरण भएको अधिकृत रोकायले जानकारी दिनु भयो ।
पछिल्लो समय जिल्लामा फलफुल खेतीको माग बढेको छ, रोकायले बताउनु भयो ।
कार्यालयले जिल्लाको लहँ २ थाप्ला स्थित रमका नर्सरी, ढिमे १ दमदाला स्थित ओली नर्सरी, सिमाको नेपा नर्सरीबाट कागती र सुन्तोलाका विरुवा संकलन गरेर वितरण गरेको जनाएको छ ।
खलंगा, थालारैकर, सिमा, जगतपिुर, भुर, पुन्मा, खगेनकोट, लहँ, डाडाँगाउँ, कार्कीगाउँ, दशेरा, गर्खाकोट, सुवानाउली, जुगाथापाचौर, ढिमे, झाप्रा, लगाएत २० वटै गाउँ विकास समितिका कृषकलाई वितरण गरीएको छ ।
शत प्रतिशत ढुवानी अनुदान र मूल्यमा ५० प्रतिशत अनुदानमा विरुवा पाएपछि कृषकहरु खुसी भएका छन् ।
यसै संगै जिल्लामा सुन्तला तथा कागतिको ब्यबसायिक बगौचा स्थापना गर्ने कृषकको संख्या पनि बृद्धि भएको कार्यालयले जनाएको छ ।