गाडीको ठक्करवाट बँदेल मरे

20160709_120521
मरेका बँदेललाई गाडदै जिल्ला वन कार्यालयका कर्मचारी ।

सुर्खेत २५, असार ।
सुर्खेतको खारखोली सामुदायिक वनमा गाडीको ठक्करवाट २ वटा बँदेल मरेका छन ।
सुर्खेत–दैलेख सडक खण्डको कपासे व्यारेक नजिकै गाडीको ठक्करवाट बँदेल मरेको जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ ।
सडक पार गर्ने क्रममा राती वा विहान कतिवेला गाडीले ठक्कर दिएको हो भनेर एकीन नभएको जिल्ला वन अधिकृत हेमराज विष्टले वताउनु भयो ।
उहाँले मरेका बँदेललाई ल्याएर जिल्ला वन कार्यालयको परिसरमा गाडिएको समेत जानकारी दिनुभयो ।
ठक्कर दिने गाडीको खोजी भैइरहेको भन्दै उहाँले जंगली जनावार मार्नेलाई कडा करवाही गर्ने पनि वताउनु भयो ।

प्रकाशित मितिः २५ असार २०७३, शनिबार ०९:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *