पशु सेवाको ६० लाख फिर्ता, ९० प्रतिशत उपलव्धी

20351
सार्वजनिक सुनुवाईमा कार्यक्रममा पशु सेवा कार्यालयले गरेका कामवारे जानकारी दिदै पशुविकास अधिकृत जीवराज पौडेल ।

सुर्खेत, २८ असार ।
जिल्ला पशु सेवा कार्यालय सुर्खेतले चाल आर्थिक वर्षमा विभिन्न कार्यक्रमको लागि आएको ६० लाख ३६ हजार रुपैया फिर्ता भएको जनाएको छ ।
बोयर जातका वोका किन्न आएको मध्ये २४÷२५ लाख, कर्मचारीको तलवको लागि आएको २०÷२२ लाख र वाकी अन्य कार्यक्रमको रकम खर्च हुन नसकि फिर्ता भएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा पुजीगत र चालुतर्फ गरी ५ करोड ७७ लाख ८ हजार रुपैया आएकोमा ५ कारेड १६ लाख ७२ हजार रुपैयामात्र खर्च भएको कार्यालयले वताएको छ ।
कार्यालयले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा पुश विकास अधिकृत जीवराज पौडेलले पशु सेवा प्रसार कार्यक्रम अन्तर्गतको २ करोड ५८ लाख मध्ये २ कारेड ३३ लाख मात्रै खर्च भएको वताउनु भयो ।
यस्तै उन्नत जातका वोयर जातका वोका वितरण कार्यक्रमको लागि आएको २ कारेड ३ लाख मध्ये १ करोड ७७ लाख, पशु नस्ल सुधारको ४ लाख ७२ हजार मध्ये ३ लाख ७४ हजार रुपैया खर्च भएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयले चालु आर्थिक वर्षमा पशु आहारा, कृषि तथा खाद्य सुरक्षा, युवा लक्षित पशु पालन, युवा लक्षित बजार, युवा लक्षित वाख्रा पालन लगायतका कार्यक्रम संचालन गरेको जनाएको छ ।
खर्च र कार्यक्रमलाई हेर्दा करिव ९० प्रतिशत उपलव्धी भएको पशु सेवा कार्यालय सुर्खेतका प्रमुख सुशिल केसीले वताउनु भयो ।
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दल, संघसंस्था र किसानहरुले सरकारले दिने अनुदान वास्तविक किसानसम्म पुरयाउन कार्यलयलाई सुझाव दिएका छन ।
उनीहरुले सरकारले उपलव्ध गराउदै आएको अनुदान वास्तविक किसानसम्म पनि पुग्न नसकेको गुनासो गरेका छन ।

प्रकाशित मितिः २८ असार २०७३, मंगलवार ०९:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *