एक लाख हेक्टर वन अतिक्रमणको चपेटामा

4221बद्री पन्त
जाजरकोट १, साउन
वन विभागका महानिर्देशक गौरीशंकर तिमलाले देशै भरी एक लाख हेक्टर वन अतिक्रमणको चपेटामा परेको बताउनु भएको छ ।
जिल्ला वन कार्यालय जाजरकोटको नव निर्मित भवन उद्घाटन गदै उहाँले अतिक्रमण हटाएर वन क्षेत्र कायम गरिने वताउनु भयो ।
युद्धको समयमा माओवादीले ध्वस्त पारेको वन कार्यालयको भवन १ करोड ३५ लाख लागतका निर्माण भएको हो ।
लामो समय देखि भाडाको घरमा कार्य सन्चालन गर्दै आएको जिल्ला वन कार्यालयले अव देखि आफ्नै भवनबाट सेवा प्रवाह गर्ने छ ।
११ कोठे भवन जिल्लाकै सवै भन्दा सुविधा सम्पन्न भवन रहेको बताएको छ ।

प्रकाशित मितिः १ श्रावण २०७३, शनिबार ०९:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *