हावाहुरीले जाजरकोटमा मकै सखाप, किसान मर्कामा

makai-baliबद्री पन्त
जाजरकोट, २१ साउन ।
अविरल वर्षासगै चलेको चलेको हावाहुरीले जाजरकोटमा मकै बाली नोक्सानी गरेको छ ।
यही साउन १५ गते यता चलेको हावाहुरीले जाजरकोटका अधिकांश गाविसमा लगाएको मकै बालीमा क्षति पुगेको किसानहरुले वताएका छन ।
लहँ, डाडाँगाउँ, खगेनकोट, सक्ला, रग्दा, भगवती, ढिमे, नायकवाडा, रोकायगाउँ, गर्खाकोट लगायतका गाविसमा अभिरल वर्षासगै आएको हावाहुरीले मर्क ढालेर सखाप परेको छ ।
भर्खर धान चवर फाल्न थालेको मकै हावाहुरीले ढालेर सोत्तर पारेको लहँ –६ पोखराका किसान दलबहादुर खत्रीले बताउनु भयो ।
विहीवार अविरल वर्षासगै आएको हावाहुरीले लहँको वाउसेखोला, रघुनाथ, पोखरा, मुली, ऐरारी, गर्छिना, भारगाँउ, थाप्ला, करुवा, टट्टा, लगायतका ठाउँमा मकैमा ठुलो क्षेति गरेको ओलीले जानकारी दिनुभयो ।
जाजरकोट जिल्लाको मुख्य अन्नवालीको रुपमा रहेको मकै हावाहुरीले सखाप पारेपछि किसानहरु चिन्तित भएका छन ।
धान चवर गदै गरेको मकै हावाहरीले ढालेपछि वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताउन थालेको किसानहरुले वताएका छन ।
यता जिल्ला कृषि विकास कार्यालय जाजरकोटले हावाहुरीले जिल्लाका विभिन्न गााविसमा लगाएको मकैमा क्षेती गरेको किसानहरुले जानकारी दिएको वताएको छ ।
बरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायाले प्रहरी मुचुल्कासहित क्षेतिको विवरण वुझाउन किसानहरुलाई आग्रह गर्नु भएको छ ।
उहाँले प्रहरी मुचुल्का सहित किसानहरुले निवेदन दिए राहातको लागि कार्यालयले पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

प्रकाशित मितिः २१ श्रावण २०७३, शुक्रबार ०७:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *