किन घट्यो रासायनिक मलकोे विक्री ?

rahatआकाश तारा बयक
सुर्खेत, ३१ साउन ।
सुर्खेतमा रासायनिक मलको विक्रीमा कमी आएको कृषि सामाग्री कम्पनी लिमिटेड उपशाखाले जनाएको छ ।
भारतीय नाकाबन्दी लगायतको कारणले माग अनुसारको सहज आपूर्ति हुन नसक्दा मल विक्रीमा कमी आएको शाखाले जनाएको हो ।
आर्थिक वर्ष २०७१÷०७२ को तुलनामा गत आर्थिक वर्षमा साढे ७ प्रतिशतले मलको विक्रीमा कमी आएको कृषि सामाग्री कम्पनीले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा २० हजार ६ सय ७४ कुण्टल मल विक्री भएकोमा गएको आर्थिक वर्षमा १९ हजार १ सय ६३ कुण्टल मल विक्री भएको उपशाखा प्रमुख बलबहादुर शाहले बताउनु भयो ।
कम्पनीले गत वर्ष १२ हजार २ सय क्वीन्टल मल विक्री गर्ने लक्ष्य लिएकोमा ६ हजार ७ सय २२ क्वीन्टल मात्र मल विक्री गरेको बताएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ मा १० हजार ७ सय ७० क्वीन्टल मल विक्री गरेकोमा गत वर्ष ६ हजार ७ सय २२ क्वीन्टल मात्रै विक्री गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा कम्पनीले यूरिया ४ हजार ५ सय ७१, डीएवी १ हजार ९ सय ५० र पोटास २ सय क्वीन्टल विक्री भएको शाहले बताउनु भयो ।
बताए । उनले जिल्लामा ५५ वटा सहकारी मार्फत उक्त मल विक्री भएको जनाए ।
पर्याप्त माग हुँदाहुँदै पनि नाकाबन्दीको कारणले सहज आपूर्ति हुन नसक्दा विक्रीमा कमी आएको भन्दै उहाँले गत आर्थिकको साउनदेखि पुससम्म मल आपूर्ति नै ठप्प भएको जानकारी दिनुभयो ।
कम्पनीले सरकारी निकाय, संघ संस्था तथा कृषक समूहलाई मात्र मल विक्री गदै आएको छ ।
कम्पनीको सुर्खेत शाखासँग अहिले ३ हजार ८ सय ६८ यूरिया, २ सय डीएवी र १ सय ७३ क्वीन्टल पोटास मौज्दात रहेको बताएको छ ।
सुर्खेतमा एक तिहाई मलको विक्री गर्न पाउने अख्तियारी पाएको साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड भने आर्थिक वर्ष २०७१÷०७२ मा ९ हजार ९ सय र गत वर्ष १२ हजार १ सय ६३ क्वीन्टल मल विक्री गरेको बताएको छ ।
टे«डिङ सुर्खेतका लेखाप्रमुख नवराज अकौलियाले किसानसँगको प्रत्यक्ष सम्बन्ध, सहज आपूर्ति तथा अन्य संस्थासँग पर्याप्त मल नहुँदा टे«डिङले बढी मल विक्री गरेको बताउनु भयो । उहाँले गत आवमा डीएवी ३ हजार ८ सय २२, पोटास र्२ सय ९० र यूरिया ८ हजार ५० क्वीन्टल मल विक्री भएको जानकारी दिनुभयो ।
यता जिल्ला कृषि विकास कार्यालय सुर्खेतले भने प्राङ्गारिक मलमा सरकारी अनुदान, गड्याली तथा भकारो सुधार जस्ता कार्यक्रमले रासायनिक मलको विक्रीमा कम आएको दावी गरेको छ ।
वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीले रासायनिक मलले जमिनको उर्वरा शक्तिमा ह्रास ल्याउनुका साथै दिर्घकालिन उत्पादकत्वमा कमी आउने भएकाले कृषक कम्पोष्ट मल तर्फ आकर्षित हुँदै गएको उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ११:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *