जिल्ला वन सुर्खेतले ३६ मुद्धाको टुंगो लगायो

सुर्खेत, ८ भदौ ।
जिल्ला वन कार्यालय सुर्खेतले गएको आर्थिक वर्ष वन तथा वन्य जन्तुसम्वन्धी ३६ वटा मुद्धा किनारा लगाएको जनाएको छ ।
४७ वटा मध्ये अव ११ वटा मुद्धा विचाराधिन अवस्थामा रहेको जिल्ला वन अधिकृत हेमराज विष्टले जानकारी दिनुभयो ।
अवैध रुपमा काठ काटने विभिन्न व्यक्तिहरु माथी चलेको मुद्धामा एकदिन देखि एकमहिनासम्म कैद र जरिवान गरिएको छ ।
विभिन्न मुद्धाको जरिमानावाट मात्र १ लाख ६७ हजार रुपैया राजश्व संकलन भएको जिल्ला वन अधिकृत विष्टले बताउनु भयो ।
79-600x0एक वर्षदेखि माथी कैद हुने मुद्धा अदालतमा सरेपछि जिल्ला वन कार्यालयमा मुद्धाको संख्या विगतको तुलनामा घटेको पनि उहाँले उल्लेख गर्नुभयो ।
वाघ, गैडा, हात्ति, चितुवा, कस्तुरी लगायतका संरक्षित वन्यजन्तुहरुको छाला, हडडी, विना जस्ता मुद्धाहरु भने जिल्ला अदालतवाटै फैसला हुने गरेका छन ।
यस्ता मुद्धाहरुमा ५ देखि १५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
यसैवीच जिल्ला वन कार्यालयले गएको आर्थिक वर्ष ७७ प्रतिशत बेरुजु फच्र्योट गरेको छ ।
१ करोड ५१ लाख २१ हजार मध्ये १ करोड १६ लाख ४३ हजार रुपैया बेरुजु फच्र्योट गरिएको जिल्ला वन अधिकृत हेमराज विष्टले बताउनु भयो ।

प्रकाशित मितिः ८ भाद्र २०७३, बुधबार १२:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *