डडुवारोगबाट टमाटर खेती नष्ट किसान मर्कामा

बद्री पन्त
जाजरकोट १४, भदौ ।
तरकारी खेतीको लागी पकेट क्षेत्र मानिएको जाजरकोटको पुन्मा ६ भेरेयाँमा लगाइको टमाटर खेतीमा डडुवा रोगले क्षेती पुर्याएको छ । टमाटरकोे सिजनमा रोगले नष्ट गरेपछि कृषक मर्कामा परेका छन ।
लामो समय देखि व्यवसायीक टमाटर खेती गर्दै आएका टमाटर खेती कृषक उत्पादन घटेपछि निरास देखिएका छन् । टमाटर उत्पादनको सिजनमा टमाटरमा डडुवा रोगले डाँठ कुहिने, पात झर्ने, दाना कालो भएर कुहिने लक्षणका कारण उत्पादन घटेको हो । अन्य खेतीबाट गुजरा नचलेपछि त्यहाँका कृषकहरु टमाटर खेति गर्दै आएका छन । प्रती घर कृषकले २० देखि ३० हजार लगानी गरेको र लगानी गरे अनुसारको उत्पादन नउठ्ने भएपछि टमाटरबाट घाटा भएको कृषक हरी कला पुनले बताइन ।
IMG_5739भेरेयाँका ४० घर कृषकले २ सय ५० रोपनी क्षेत्रफल खेतबारीमा टमाटर खेती गरेका छन । उनीहरुले मकै लगाउने जमिनमा टमाटर खेती गरेका छन । टमाटरबाट लाखौ आम्दानी गर्दै आएका कृषक यस पटक भने उत्पादन घटेपछि निरास भएका छन । टमाटर खेतीबाट प्रति कृषकले बर्षमा ५० हजार देखि २ लाख रुपैयासम्ममा आम्दानी गर्दै आएका थिए । यस पटक उत्पादन जीरो भयो, अर्का कृषक पदम बहादुर पुनले बताए ।
IMG_5725तरकारी खेतीबाट जीवन निर्वाह गर्दै कृषक यस पटक समस्यामा परेका छन । रोगले टमाटर, मुला, बन्दा, आलु सिमीमा क्षेती पुर्याएको छ । कति पय कृषकलाइ साझ विहानाको छाक टार्न धौधौ परेको, पुनको भनाइ छ ।
सदरमुकाम नजिकै रहेको यो क्षेत्र तरकारीमा खेतीले प्रख्यात बनेको छ । तरकारी खेतीमा आधुनिकी करण नहुनु, कृषकमा प्राविधीक ज्ञ्यानको कमीका कारणले पछेल्लो समय रोगले क्षेती गर्दै आएको कृषक ढोल बहादुर घर्तीको भनाइ छ । मकै लगाउने बारीमा टमाटर लगाइयो । यस पटक सिजन राम्रो रहेन्छ, उनले भने ।
त्यस्तै कृषिमा आधुनिकीकरण गर्न प्लाष्टीक घर वितरण, ५० प्रतिशत अनुदानमा हाइव्रिट विउ वितरण, हाटबजार तथा संकलन केन्द्रको व्यवस्थापन, साना तथा सिमान्तकृत कृषकलाइ तरकारीको कम्पोजिट किट वितरण, कृषकको क्षमता बृद्धि गर्न तालिम गोष्ठी, प्राविधिक सहयोग लगाएत उपलब्ध गराउदै आएको बरिष्ठ कृषि विकास अधिकृत चित्र बहादुर रोकायले जानकारी दिनु भएको छ ।

प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार ०५:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *