जाजरकोटमा बाँदर आतंक, मकै जोगाउँन दिनरात जाग्राम

बद्री पन्त
जाजरकोट २०, भदौ ।
जाजरकोट लहँ ६, पोखरा गाउँकी ६५ बर्षिया धनकला कुसारी मकैबारी डिलमा बाँदर हेर्न बनाईएको कुरीगोठमा दैनिक दिन जाग्राम बस्दै आएकी छन् । बाँदरबाट मकै जोगाउन यसरी जाग्राम बस्नु परेको हो । उनको बारीमा मकैले धानचौँर गरेर घोगा लाग्न थालेको छ । घोगा लाग्न लागेको मकै बाँदरले तीन पटक सखापै पार्याे उनले भनीनन् । बचेको मकै जोगाउन रातदिन यसरी नै बस्नु पर्ने बाध्यता रहेको उनले बताइ । घोगा लाग्न लागेको मकै बाँदरले दिनदिनै सखाप पारेपछि कुसारी चिन्तामा छन् । बाँदर आतंक हटाउन नसकिने भयो, विभिन्न प्रयास पनि गरियो तर कुनै उपाय सिप चलेन, उनको भनाइ छ ।

IMG_5457यतिबेला पोखरा गाउँका किसान बाँदरदेखि आतंकित बनेका छन् । दुख गरेर मकै छर्यो पाक्ने बेला बाँदरले सखाप पारीदिने गरेको कुसारीले दुखेसो पोखिन ।
त्यसैगरी पोखरागाउँका बीरबहादुर वली, गोपाल कुसारी, खड्क बहादुर वली, दल बहादुर वली, जनक बहादुर सिंह, काली बहादुर वली, चन्द्र बहादुर वली, हरी बहादुर वली लगाएत गाउँलेहरुको समय धनकलाको जस्तैगरी बित्ने गरेको छ । बाँदरले पोखराको बरमेला, कैचुखोला, गोगन्यारी, पारी कैचु, महाँदेउ लगाएत स्थानमा आतंक मञ्चाउदै आएको स्थानीय हिम बहादुर कुसारीले जानकारी दिए । यो क्षेत्रमा बर्षेनी बाँदरले हैरानी पार्दै आएको छ, उनले भने । बाँदरले बालबाली, महिला र बुढाबुढीलाई त टेरदैन, झम्टी नै आउछ, उनले भने । अनेकौं उपाए गरीयो तर कुनै सिप चलेन, उनले भने ।
दुर्गम गाउँबस्तीमा बाँदर, स्याल, बँदेल, नाउटुटो, ढेडु बाँदर, दुम्सी लगाएत जंगली जनावरले आतंक मञ्चाएपछि बाली जोगाउन किसानलाई हम्मेहम्मे पर्ने गरेको छ । जंगली जनावरले खेतबारी लगाएको बालीनाली सखाप पार्ने गरेको लहँ ७ मुलीका शान्त बहादुर खत्रीले बताए । बाली भित्र्याउने समयमा जंगली जनावरले नष्ट गर्ने गरेको छ, खत्रीले भने । जंगली जनावरले लहँ गाविसको पोखरा, कैचुखोला, गोगनेरी, महाँदेउ, खारा, बरमेला, गेरेनी, रघुनाथ, खनटाकुरा, दारफाका, कल्लेरी, बागमारे, औलसिमा, आँमा, बाँउसेखोला, साधनमुडा लगाएत बस्तीमा बालीनाली सखाप पार्ने गरेको छ ।

IMG_2758दिनमा बाँदरले हैरानी खेलाउछ भने रातीमा स्याल, नाउटुटो र दुम्सीले सताउने गरेको खत्रीले बताए । बारीको मकै जोगाउन दिनरात जाग्राम बस्नु पर्छ, उनले भने । गाउँभरी नै बाँदर, स्याल र दुम्सीको आतंक फैलिएको छ । कसरी बारीको मकै जोगाउने भन्ने चिन्ताले पिरोलेको छ, उनले भने । जंगली जनावरबाट मकै जोगाउन धेरै चुनौती भएको छ, खत्रीको भनाइ छ । गाउका ठुला मान्छे देखि साना बालबालीहरु पनि बाँदरकै पहरा दिदै आएका छन, खत्रीले भने । मकै जोगाउन बारीमै कुरीगोठ बनाएर दिनरात बस्नु पर्ने बाध्यता छ, खत्रीले भने । स्थानीयको अधिकांस समय बारीको मकै जोगाउनमै बित्ने गरेको छ ।
गाउँका अधिकांस किसान जंगली जनावरबाट मकै जोगाउन रातदिन बारीमै जाग्राम बस्ने गरेका छन । बारीमै जाग्राम बसेपनि कति बेला मकै खाएर जान्छ पत्तै हुदैन लहँ ५ दारफाकाका चन्द्र बहादुर रावले बताए । रातभरी पहरा दियो बिहाना बारीको अर्को छेउबाट सखात पारेर जान्छ, उनले भने । मकैको घोगा लागेर पाक्ने बेलासम्म रातदिन कडा पहरा दिनु पर्छ, उनले भने ।

IMG_5455अन्नबाली जंगली जनावरले सखाप पार्न थालेपछि कतीपय किसानहरुले खेतबारी बाँझो छाड्न थालेका छन । मकै जोगाउन धेरै प्रयास गरेपनि सफल नभएको लहँ २ थाप्लाका किसान मन बहादुर पन्तले बताए । बारीमा लगाएको मकै, बदाम र अन्य फलफुल खेती बाँदरको आहारा बन्ने गरेको छ, उनले भने । दिनमा बाँदर, रातीमा दुम्सी र स्यालले दुख दिदै आएको छ । दैनिक दुम्सीले रातीमा आएर ५० भन्दा बढी मकैका बोट काट्ने गरेको छ, स्यालले पनि त्यती कै सखाप पार्छ, उनले भने ।
जिल्लाको लहँ, डाडागाउँ, खगेनकोट, रग्दा, भगवती, सक्ला, सिमा, कार्कीगाउँ, खलंगा लगाएत गाविसमा जंगली जनावरबाट बालीनालीमा क्षेती गर्ने गरेको छ । जंगल क्षेत्र नजिकको बारीमा लगाएको खेतीबालीमा बाँदरबाट बढी नोक्सान हुने गरेको जिल्ला कृषि बिकास कार्यालय जाजरकोटका बरिष्ठ कृषि बिकास अधिकृत चित्र बहादुर रोकायले बताए । जंगली जनावरबाट २÷३ प्रतिशतसम्म क्षेती गर्ने गरेको छ, रोकायले भने । जिल्लामा जंगली जनावरको संख्या एकिन नएपनि बाँदर, स्याल, दुम्सी, बँदेल लगात जनावरबाट खेतीबालीमा क्षेती पुग्ने गरेको छ, अधिकृत रोकायले जनाए । जिल्लामा १६ हजार ६ सय ९८ हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिदै आएका छ ।

प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार ०८:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *