
बद्री पन्त
जाजरकोट २२, भदौ ।
जाजरकोट जिल्लामा दुर्लभ वन्यजन्तुको चोरी शिकारी गर्ने बढ्दै गएको छ । चोरी शिकारीले दिनदिनै वन्यजन्तु मारिरहेका छन् ।
गत साता नायकवाडा २, स्थित ढोटाचौर सामुदायीक वनको रातापाटा जंगलमा बेवारिसे थारको छाला फेला परेको छ । १ मिटर लम्बाइ तथा २ इन्च चौडा थारको छाला फेला परेपछि यसबाट देखिन्छ, वन्यजन्तुको चोरी शिकार बढेको देखिन्छ । जतीसुकै कडाइ यरेपनि वन्यजन्तु मार्न छाडेका छैनन् । जंगलमा शिकारी हतियार लिएर खुलेआम हिडेको पाइन्छ ।
जिल्लाको नायकवाडा, रोकायगाउँ, सक्ला, रामीडाडा, लहँ, ढिमे, पैक, रग्दा, भवगती लगाएत ३० वटै गाविसहरमा दुर्लभ वन्यजन्तुको दिन प्रतिदिन चोरी शिकार बढेको छ । जिल्लामा चोरी शिकारी बढेपछि जंगली जनावरको संख्या घढ्दो अवस्थामा रहेको छ । शिकारीले भरुवा बन्दुक, पासा, औषधीको सहाराले जंगली जनावर मार्ने गरेको स्थानीयले बताएका छन । गाउँमा घरेलु हतियार भरुवा बन्दुक छ््यापछ्याप्ती छन् । चोरी शिकारी नियन्त्रणमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
जिल्लाका विभिन्न भेकमा पाईने बदेल, रतुवा, मृग, भालु, घोरल, थार, खरायो, झारल, रेडपान्डा, कस्तुरी, डा“फे, चिरकालिज, फग्रास, मुनाल, कालिज, चाखुरा, तिथ्रा लगाएत जंगली जनावर तथा पंक्षीको दिन प्रतिदिन चोरी शिकारी बढेको छ । स्थानीयले लुकाएर राखेको घरेलु हतियार बन्दुक बन कर्मचारीले खोस्न मिल्दैन ।
ती हतियारको छापा मारेर नियन्त्रणमा लिने कार्यमा अन्य निकायले वास्ता नगरेको पाइएको छ । विभिन्न बन ईकाइमा कार्यरत बन प्राविधीकलाई चोरी शिकारी नियन्त्रणमा कढाईका साथ लाग्न निर्देशन गरेको जिल्ला बन अधिकृत उपेन्द्र प्रसाद पटेलले बताउनु भयो । अतिक्रमण, डढेलो, चरीचरन लगाएत कारण बन विनास बढेपछि जंगली जनावर तथा पंक्षीको बासस्थान संकटमा पर्दै गएको अधिकृत पटेलको भनाई छ ।
बन संरक्षण तर्फ सम्बन्धित समुदायले चासो दिनु पर्छ तर ध्यान दिएको पाइदैन त्यसैले यस्तो समस्या आएको हो । गाउँमै अबैध घरेलु बन्दुक निर्माण हुने र स्थानीय प्रशासनले पनि अबैध रुपमा राखिएका घरेलु बन्दुक प्रशासनमा बुझाउन सुचना मार्फत जानकारी गराउदै आएको छ ।