रूख टमाटर खेति प्रबिधि

रूख टमाटर (tamarillo) native land South America को Peru , Chile, Ecudor, Bolivia हो । तर नेपालमा यो कहिले भित्रिएको जानकारी नभए पनि यसको लागि पहाड़ी भागको चीसो क्षेत्र उपयुक्त हुन्छ । पनि नजम्ने compost युक्त ज़मीन चाहिन्छ ।

tamarillo_003-868x400wभदौ असोज महिनामा स्वास्थ बोटको राम्ररी पाकेको स्वस्थ फलबाट बिऊ छुटाएर घाममा राम्ररी सुकाएर वीऊ तयार गर्न सकिन्छ । वीऊलाई सुख्खा ठाउँमा संरक्षण गरी राखिनु पर्छ । चैत्र महिनाको पहिलो सातामा growing pot वा growing bag मा घेरै राम्ररी पाकेको कमपोष्ट मलमा केहि माटो मिलाई एक एक वटा वीऊ राख्ने।

शरद रितू मा यसको फल तयार हुन्छ । फल टिपेको केहि हप्ता सम्म पनि फलको गुण स्तरमा ह्रास नहुने हुनाले टाढा सम्मको बजार सम्म पनि यसलाई पुर््याउन यथष्ट समय हुन्छ । बिरूवा रोपेको १ बर्ष देखि फल दिन थाल्छ तर ४ बर्षदोखि भने पूर्ण रूपमा फल दिन थाल्छ । रूख टमाटरको सरदर आयू १४ बर्ष हो । रूख टमाटर पाकेपछि पहेलो , रातो र बैजनी रंगको फल हुन्छ । नेपालमा प्राय पहेलो रंगको बजार छ । तर यूरोपको बजारमा गाढा बैजनी रंगको फल ज्यादा माग छ । बेला़यतको अलि सभ्रान्तहरूले किनमेल गर्ने Waitrose जस्ता सुपरमार्केटमा मात्र पाईन्छ । यदी हामीले नेपालमा फलाएर युरोपमा बजार लिन सके प्रसस्त लाभ लिन सक्थ्यौं ।

कृषि बजारबाट

प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार ०९:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *