जाजरकोटमा दुधको अभाव, डेरी बन्द

वद्री पन्त
जाजरकोट १, असोज
पशुपालन व्यवसाय घट्दै गएपछि जाजरकोटमा दुधको अभाव भएको छ । उत्पादन घटेपछि दुधको अभाव हो ।
चाड पर्व र पुजाआजामा गर्दा उपभोक्ताले भनेजति दुध पाउन नसकेको गुनासो गरेका छन ।
दिनदिनै दुधको माग वढेपनि उत्पादन घटदा जिल्ला भरी दुधको हाहाकार भएको छ ।
jajarkot_districtदुधको अभावमा दुग्ध डेरी वन्द भएका छन । जिल्लाका थलह, दशेरा, पाँचकाटीया, मार्क, मनघाट, रिम्ना, वोहरा र साल्माका ८ वटा डेरी वन्द भएका जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
भैसीलाई खुवाउने घाँसपातको अभाव भएपछि दुधको उत्पादन घटेको जिल्ला पशु सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख कपिलप्रसाद उपाध्यायले बताउनु भयो
उहाँले भैसी पाल्ने किसानकमी हुनु र व्यवसायिक दुध उत्पादनका लागि गाई भैसीको फार्म नहुदा पनि दुधको अभाव भएको हुन सक्ने दावी गर्नुभयो ।

प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार १२:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *