बद्री पन्त
जाजरकोट २, असोज ।
जाजरकोट जिल्लामा पाँच हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ ।
वन क्षेत्र अतिक्रमण गरेर धमाधम घरटहरा निर्माण गरिए पछि वन अतिक्रमणको चपेटामा परेको हो ।
जिल्लाको एक नगरपालिका तथा २६ गाउँ विकास समितिमा वन अतिक्रमण बढेको जिल्ला वन कार्यालय जाजरकोटले जनाएको छ ।
सुकुमबासीको नाममा गैर सुकुमबासीले बन क्षेत्र हडपेको वन कार्यालयले जनाएको छ ।
सदरमुकाम भित्रैको वन अतिक्रमण गरेर गैर सुकुमबासीले धमाधम घर टहरा निर्माण गरेका छन ।
सदरमुकाममा घर भएका, सरकारी कर्मचारी, शिक्षक देखि राजनितिक पार्टीका नेतासम्मले अतिक्रमण गरेर घर बनाएको कार्यालयको भनाइ छ ।
सदमुकाममा घर भाडामा दिएर अतिक्रमणकारीले वन क्षेत्र कब्जा गरेका छन ।
हुनेखाने देखि गाँउमा घरजग्गा भएका पनि अतिक्रमणमा संलग्न रहेका छन् ।
सरकारले समुदायलाई वन हस्तानतरण गर्दा समस्या भएको हो । जाजरकोटमा ९४ हजार ९ सय ४ हेक्टर राष्ट्रिय वन, ३३ हजार ६ सय ६ हेक्टर समुदायीक वन र ६ सय १० हेक्टर कवुलियती वन क्षेत्र रहेको छ ।
द्धन्द्धको समयमा स्थिापित भएका सिमा, लिम्सा, गर्खाकोट, घरंगा, दल्ली, दशेरा, झाप्रा, खलंगा ईलाका वन कार्यालयहरु अझै सन्चालनमा आउन नसक्दा दुर्गम क्षेत्रको वन विनाश बढेको छ ।
वन संरक्षणको जिम्मा पाएका उपभोत्ता समितिको मिलेमतोमा वन मासिदै गएको छ ।
रक्षक नै भक्षक भएपछि समस्या वढेको हो । वन विनासले जिल्लामा खानेपानीको ठुलो समस्या बढेको छ ।
यसले जलवायु परिवर्तनमा ठुलो असर पार्ने बताईएको छ । वन अतिक्रमण गरी घरटहरा बनाउने क्रम सदरमुकाम खलंगा र सडक आसपासमा बढी रहेको छ ।
अतिक्रमण बढे पनि सम्बन्धित निकायले हटाउने पहल गर्न सकेको छैन ।
यता क्षेत्रीय वन निर्देशक राजबहादुर राउत देशैभर वन अतिक्रमण बढेको बताउनु हुन्छ । प्रयाप्त नशक्ति नभएकाले पनि अतिक्रमण रोक्न नसकिएको राउतको भनाइ छ ।
सरोकारवालाहरु सबैको साथ सहयोगमा मात्र अतिक्रमण हटाउन सकिने निर्देशक राउतको भनाइ छ ।
वन नियमावली २०६८ अनुसार कारवाही गरिने कार्यालयले जनाएको छ ।
जिल्लाको २२ सय २८ वर्ग किलोमिटर क्षेत्रफलमा १ हजार २ सय वर्ग किलोमिटर क्षेत्रफल वनले ढाकेको छ ।