बनले किन भत्कायो घर ?

बद्री पन्त
जाजरकोट १९, असोज ।
इलाका बन कार्यालय घरङ्गाले ढिमे ३ पिप्से बर्मा पाखा सामुदायीक वन अतिक्रमण गरेर वनाएको घर भत्काएर ३ हेक्टर जमीन खाली गरेको छ ।
इलाका इन्र्चाज जगवीर खत्रीको नेतृत्वमाको टोलीले सामुदायीक वन अतिक्रमण गरेर बनाइएको शान्तबाहादुर शाह, प्रेमबहादुर सिंह, ढोलो सिंह लगाएत व्यक्तीले अतिक्रमण गरेको ३ हेक्टर वन क्षेत्र खाली गरीएको बन कार्यालयले जनाएको छ ।
घरङ्गा इलाला भित्र पर्ने ढिमे, अर्छानी, टालेगाउ, पैक गाविसमा ८ सय हेक्टर बढी वन अतिक्रमण भएको खत्रीले बताए ।
राजनितीक हस्तक्षेपका कारण अतिक्रमण हटाउन चुनौती भएको छ खत्रीले भने । सामुदायीक वन उपभोक्ता समिति निष्कृय रहनुले पनि अतिक्रमणमा समस्या पारेको खत्रीको भनाइ छ ।
IMG_1041गत असारमा इलाका वन कार्यालय दल्लीले लह“ ६, मुलीपोखरा र खगेनकोट ६, बतासेचिउरी बर्मा सामुदायिक बनमा मात्र ४८ घरटहरा भत्काउनुका साथै ५० हेक्टर बनक्षेत्र खाली गरेको बन अधिकृत उपेन्द्र प्रसाद पटेलले बताए ।
बनक्षेत्रमा निर्माण भएका घर भत्काउने र बाली नष्ट गर्ने अभियानमा दलले अवरोध गरेको अधिकृत पटेलले बताए । नेकपा माओबादी केन्द्रको दवाव र विप्लव माओबादीको अवरोध पछि अभियान केहि दिनका लागि रोकीएको उनले बताए ।
कार्यालयबाट खटीएको टोलीले बनक्षेत्रमा बनेका २ दर्जन पक्की घर भत्काउने र सयौं रोपनी जमिनमा लगाएको बाली नष्ट गरे पछि दलको अवरोध आएको उनले बताए ।
जिल्ला स्तरमा राजनैतिक पार्टीका नेताहरुस“ग तत्काल वैठक वसी अप्रेशनलाई निरन्तरता दिने अधिकृत पटेलको भनाई छ ।
६ सय अतिक्रमणकारीलाई अतिक्रमित क्षेत्र छोड्न १ महिना अघि नै पत्राचार गरिसकेको उनले बताए ।
जिल्ला वन क्षेत्र समन्वय समितिको निर्णय अनुसार चालु आर्थिक बर्ष लह“, खगेनकोेट, पजारु र थालारैकर गाविसको अतिक्रमणलाई हटाउने योजना रहेको छ, उनले भने ।
जिल्लाका अन्य ठाउमा भएको अतिक्रमणलाई आगामी वर्षमा हटाउने योजना रहेको पटेलले बताए ।
जिल्लाभर तीब्र बन अतिक्रमण बढेपछि कार्यालयले सर्वपक्षीय सहमतीमा नियन्त्रणको अभियान थालेको थियो । जिल्लामा ५ हजार हेक्टर भन्दा बढी बनक्षेत्र अतिक्रमण भएको फरेष्टर पुर्णबहादुर चन्दले बताए ।
भेरीमालिका नगरपालिका, कार्कीगाउ, दशेरा, पजारु, खगेनकोट, लह“, ढीमे, नायकबाडा लगाएत गाविसमा सबै भन्दा बढी बन अतिक्रमण भएको चन्दले बताए । जिल्लाका १ हजार बढी घरपरिवारले बन अतिक्रमण गरेका छन्, उनले भने ।
कतिले घरटहरा बनाएर अतिक्रमण गरेका छन् भने कतिले खेतीपाती गरेर अतिक्रमण गरेको चन्दको भनाई छ । जिल्लामा २ सय ४८ सामुदायिक बन, ६७ कबुलियती बन र १ निजी बन रहेका छन् ।
त्यस्तै १ लाख २९ हजार हेक्टर बन क्षेत्र रहेको छ । कबुलियती बनले ८ सय हेक्टर, सामुदायिक बनले ३५ हजार हेक्टर र बा“की बन क्षेत्र समुदायमा हस्तान्तरण हुन सकेको छैन ।
इलाका बन कार्यालय घरङ्गाले ढिमे ३ पिप्से स्थीत बर्मा पाखा सामुदायीक वन अतिक्रमण गरेर वनाएको घर भत्काउनुका साथै तीन हेक्टर जमीन खाली गरेको जनाएको छ ।

प्रकाशित मितिः १९ आश्विन २०७३, बुधबार ००:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *