दुर्गम गाउँ खाद्यान्न अभाव

बद्री पन्त
जाजरकोट २१, असोज
जाजरकोट जिल्लाको दुर्गम गाउँ चाडपर्वकोसमयमा खाद्यान्न अभाव भएको छ । लामो खडेरीका कारण हिउ“दे बालीको उत्पादन शुन्य हुनुको साथै खाद्य संस्थानले अनुदानको चामल डिपोमा पुरयाउन नसक्दा खाद्य अभाव भएको हो ।
३० कोस टाढाको वारेकोट, पजारु, दह, गर्खाकोट र कोर्ताङ्गका बासिन्दा दैनिक उपभोग्य बस्तु घोडा खच्चडको भरमा छन् । दुर्गम गाउमा चामलको माग बढ्दो छ । सदरमुकामको गोदाममा भने २४ सय क्विन्टल चामल थन्किएको छ । सदरमुकाममा चामल विक्री नै हुदैन । प्रतिकुल मौषम तथा बाढीपहिरोले अवरुद भएका ग्रामीन सडक बाटो सन्चालन नहुदा अनुदानको चामल ढुवानीमा समस्या भएको  निमित्त शाखा प्रमुख रामप्रसाद पौड्यालले बताउनु भयो ।
IMG_20160928_173948 जिल्लाका नायकबाडा, सक्ला, रामीडा“डा, रोकायगाउ, पजारु, कोर्ताङ्ग, मजकोट, दह, गर्खाकोट, सुवानाउली, दशेरा, साल्मा लगाएत गाविसका बासिन्दा अनुदनाको चामलमा निर्भर रहदै आएका छन । लामो खडेरीका कारण हिउ“दे बाली गहँ, जौंको उत्पादन घटेको र मकै बाली हावाहुरीले भाचेर सखाप बनाउदा गाउँमा अन्न उत्पादन घटेको छ ।
बारेकोट क्षेत्रमा धान उत्पादन नहुने हु“दा बर्षेनी चामलको अभाव हुने गरेको छ । घाट डिपोमा चामल ढुवानी गर्ने बाटो जोखिमपुर्ण हु“दा समस्या भएको छ । खलंगा पा“चकाटीया सडक मर्मत नहु“दा र कालीमाठी सेपुखोला हु“दै जाने बाटो नलसिंह गाड जल विद्युत आयोजनाको पहु“चमार्ग निर्माणका कारण भत्किएकोले ढुवानीमा बाधा पुगेको छ । चारवटा डिपोका लागि प्रती डिपो १ हजारको दरले चामलको कोटा निर्धारण भएको छ । दर्शै लगतै चारवटै खाद्य डिपोबाट अनुदानको चामल वितरण गरीने पौड्यालको भनाइ छ ।
साता अघि घाट डिपो चलान गरेको ५० क्विन्टल चामल फुलचाउली बाटोमै थन्कीएको छ । खाद्य अभावले मोटो चामल पनि ६० रुपैया“ प्रति किलोमा पर्ने गरेको छ । यतिबेला स्थानीय बजारको मह¨ो चामल किनेर चाडपर्वको गुजारा चलाउन वाध्य छन् ।
संस्थानको सदरमुकाम खलंगा स्थित गोदाममा भने २ हजा ४ सय  क्विन्टल चामल मौजदात छ । शाखाको गोदाम भरीभराउ छ । तर गाउका डिपोमा चामलको गेडा पनि छैन । गाउका चार डिपोमा चामल नहु“दा दुर्गम गाविसमा खाद्य अभाव भएको हो । घाट डिपोको लागि छुट्याएको १ हजार क्विन्टल चामल अप्रयाप्त भएको भन्दै स्थानीयले थप खाद्यान्न आपुर्तीको माग गरेका हुन् ।

प्रकाशित मितिः २१ आश्विन २०७३, शुक्रबार १६:३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *